२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई नदीमा तटबन्ध निर्माण

२०७५, ४ भाद्र सोमबार ०५:३६

भदौ ४, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । 

नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३०० परिवारको जग्गा भूक्षय हुनबाट जोगिएको छ । 

चालू आवमा सनबोरा नदीमा रु १० लाखको लागतमा ३५ मिटर र स्याली नदीमा रु छ लाखको लागतमा ३० मिटर तटबन्ध निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताउनुभयो । 

बजार विस्तार गर्न व्यावसायिक भवन निर्माण 

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा वडा कार्यालयले व्यावसायिक भवन निर्माणको कार्य शुरु गरेको छ । बजार विस्तार गर्न र वडा कार्यालयको आम्दानीमा वृद्धि गर्नका लागि व्यावसायिक भवन निर्माणको कार्य शुरु गरिएको हो । 

वडा कार्यालयले रु १२ लाखको बजेटमा भवनको जग राख्ने र पिल्लर उठाउने कार्य पूरा गरेको छ । निर्माणाधीन भवनमा सातवटा व्यावसायिक प्रयोजनका लागि कोठा निर्माण गरिने वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताउनुभयो । 

“चालू आवमा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु २० लाख बजेट विनियोजन गरेका छाँै” उहाँले भन्नुभयो । भवन भूकम्प प्रतिरोधी र आधुनिक हुने उहाँले बताउनुभयो । नयाँ भवन निर्माणको कार्य पूरा गर्ने र थप रु ३० लाखमा आठ कोठे भवन बनाउनका लागि बजेट विनियोजन गरी चाँडै कार्य प्रारम्भ गरिने उहाँको भनाइ रहेको छ । 

यसैगरी रु दुई लाख रकम खर्चेर रामेश्वर शिव मन्दिरको पर्खाल निर्माणको कार्यसमेत पूरा गरिएको छ । मन्दिरलाई भजनकीर्तनमा सघाउ पुर्याउन रु ५० हजारको वाद्यबाधन सामग्रीसमेत उपलब्ध गराइएको छ । सिद्धनाथ मन्दिरमा वडाकै रु ५० हजार रकम खर्चेर शौचालय निर्माण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै