२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीका ९०३ नयाँ उद्योगमा एक अर्ब ३८ करोड लगानीको प्रस्ताव

२०७५, १२ भाद्र मंगलवार ०४:१७

भदौ १२, धनगढी (रासस) | कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । 

दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीलीप चन्दका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका छन् । 

वार्षिक उत्पादन क्षमता करीब रु सात अर्ब रहेका यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउने चन्दले बताउनुभयो । आव २०७३÷७४ मा दर्ता भएका ८९० उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । कार्यालयले आव २०७४/७५ मा ४३० उद्योगको नवीकरण तथा ५८ उद्योगको लगत कट्टा गरेको छ । 

वर्षेनी उद्योग दर्ता हुने गरेपनि दर्तापछि उद्योगको बस्तु स्थिति, दिएको रोजगारी, मापदण्ड अनुसार सञ्चालन भए/नभएको, उद्योग सञ्चालनबाट परेको प्रभाव लगायतका विषयमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था छैन । अनुगमन निरीक्षण नहुँदा मापदण्ड विपरीत सञ्चालन भइरहेका उद्योगबाट वातावरणमा प्रभाव परेको गुनासो आउने गरेको छ । “पर्याप्त जनशक्ति र साधन स्रोतको अभावले उद्योगको अनुगमन तथा निरीक्षण गर्न सकेका छैनौँ,” कार्यालय प्रमुख चन्दले भन्नुभयो । दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन् । 

बैंकबाट ऋण तथा विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्दै गएको चन्द बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा हालसम्म साना उद्योग ६ हजार ११० र लघु उद्योग २५३ दर्ता भएका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको छ । उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेका यी उद्योगको कूल लगानी प्रस्ताव रु सात अर्ब २१ करोड रहेको कार्यालयले जनाएको छ । कार्यालयलाई स्थानीय तहको निर्वाचन पछिको केही समय धनगढी उपमहानगरपालिका मातहतको उद्योग विकास शाखाको रुपमा कायम गरिएकोमा हाल प्रदेश सरकारको उद्योग, पर्यटन, वन, वातावरण मन्त्रालय मातहत ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण