५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीका ९०३ नयाँ उद्योगमा एक अर्ब ३८ करोड लगानीको प्रस्ताव

१२ भाद्र २०७५, मंगलवार ०४:१७

भदौ १२, धनगढी (रासस) | कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । 

दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीलीप चन्दका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका छन् । 

वार्षिक उत्पादन क्षमता करीब रु सात अर्ब रहेका यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउने चन्दले बताउनुभयो । आव २०७३÷७४ मा दर्ता भएका ८९० उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । कार्यालयले आव २०७४/७५ मा ४३० उद्योगको नवीकरण तथा ५८ उद्योगको लगत कट्टा गरेको छ । 

वर्षेनी उद्योग दर्ता हुने गरेपनि दर्तापछि उद्योगको बस्तु स्थिति, दिएको रोजगारी, मापदण्ड अनुसार सञ्चालन भए/नभएको, उद्योग सञ्चालनबाट परेको प्रभाव लगायतका विषयमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था छैन । अनुगमन निरीक्षण नहुँदा मापदण्ड विपरीत सञ्चालन भइरहेका उद्योगबाट वातावरणमा प्रभाव परेको गुनासो आउने गरेको छ । “पर्याप्त जनशक्ति र साधन स्रोतको अभावले उद्योगको अनुगमन तथा निरीक्षण गर्न सकेका छैनौँ,” कार्यालय प्रमुख चन्दले भन्नुभयो । दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन् । 

बैंकबाट ऋण तथा विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्दै गएको चन्द बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा हालसम्म साना उद्योग ६ हजार ११० र लघु उद्योग २५३ दर्ता भएका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको छ । उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेका यी उद्योगको कूल लगानी प्रस्ताव रु सात अर्ब २१ करोड रहेको कार्यालयले जनाएको छ । कार्यालयलाई स्थानीय तहको निर्वाचन पछिको केही समय धनगढी उपमहानगरपालिका मातहतको उद्योग विकास शाखाको रुपमा कायम गरिएकोमा हाल प्रदेश सरकारको उद्योग, पर्यटन, वन, वातावरण मन्त्रालय मातहत ल्याइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता