Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २४ चैत्र मंगलवार
अर्थ/विकास

गुल्मीका दुई नगरमा मात्रै झण्डै एक अर्बको योजना

२०७५, २७ भाद्र बुधबार ०७:३२

प्रेम सुनार,  भदौ २७,गुल्मी गुल्मीका दुई नगरपालिकामा संघिय सरकारबाट झण्डै एक अर्बको योजनाहरु पर्ने भएका  छन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाका अनुसार त्यस नगरपालिकामा ५० शैयाको अस्पताल निर्माण र दोभान देखि नेटाको विकट गाउँ लिलिङ्ग सम्म फराकिलो र पक्की सडक निर्माणका लागि ४०  करोड भन्दा बढि रकम संघिय सरकारबाट पर्ने भएको छ ।


सो नगरपालिकाले २५ बर्षे गुरु योजना अगाडी सारेको छ । गुरु योजना तयारीका लागि ४० लाख  रकम विनियोजन भई सकेको छ । उनले संघिय सरकारका दुई मन्त्रीहरु  प्रदिपकुमार ज्ञवाली र गोकर्णराज बिष्टको पहलमा मुसिकोट र रेसुङ्गा नगरपालिकामा यस्ता दुई ठुला योजनाहरु पारिएको बताए ।


  रेसुङ्गा नगरपालिकामा ५० शैयाको अस्पताल पुर्व स्वास्थ्य मन्त्री गगन थापाले घोषणा गरे पनि रकम  सोही अनुरुपको रकम नपरेर अलपत्र रहेको छ । त्यसका लागि र रेसुङ्गाको धार्मिक क्षेत्रको पर्यटकिय विकासका लागि ५० करोड रकम पर्ने भएको छ । मेयर सापकोटाले यी योजनाहरुको स्टुमेट गर्नका लागि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको टोली नगरपालिकामा आई सकेका छन ।


 मन्त्री गोकर्णराज बिष्टले ५० शैयाको अस्पतालका अलवा तम्घासमा शानदार सभाहल निर्माण र किरण पुस्ताकालयको भवन निर्माण तत्कालबाट सुरु गर्ने योजना अगाडी सारेको बताए । अर्का मन्त्री प्रदिपकुमार ज्ञवालीले गुल्मीको बिकासले फड्को मार्ने गरी सुरु गर्न लागिएको उद्घोष गरे ।


 उनले कालिगण्डकी कोरिडोरको १० मिटर चौडा सडकको शुभारम्भ गर्ने क्रमममा केहि मित्रहरु साह्रै अत्तालिएको भन्दै भने –‘ अब विकासका लागि कुनै पार्टी  छैन । छ भने त्यो विकास पार्टी  हो ।  अबको विकासमा कुनै पार्टी  नभनौं , हामी भनेर साझा भावनाका साथ  बिकास गरौं । हामी गुल्मीको विकासमा दिर्घकालिन प्रभाव पर्ने गरी  अगाडी बढ्दै छौं । ’


 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस