२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘दशैं अघिनै टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याइन्छ’

२०७५, ३१ भाद्र आईतवार १७:०८

भदौ ३१, लमही (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ । 

तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताउनुभयो । 

सिधै काठमाडौँदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौँबाट भैरहवा हुँदै दाङ हवाई सेवा सुचारु गर्न पहल थाल्नेसमेत उहाँले बताउनुभयो । 

मन्त्री अधिकारीले पटकपटक जहाज सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको भन्दै इन्धन डिपो, धावनमार्ग स्तरोन्नति गर्नसमेत पहल थाल्ने बताउनुभयो । 

साथै मन्त्रीसहित मन्त्रालयबाट आएको प्राविधिक टोलीले एयरपोर्टको अवलोकन गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग ७५० मिटर मात्रै रहेको छ । 

विसं २०११ देखि सुचारु भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ । इन्धन डिपो नहुनु, धावनमार्ग सानो हुनुजस्ता कारणले जहाज नियमित हुन सकेको थिएन । 

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको विकास र समृद्धि टरिगाउँ एयरपोर्टसँग जोडिएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोधसमेत गनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस