५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘दशैं अघिनै टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याइन्छ’

३१ भाद्र २०७५, आईतवार १७:०८

भदौ ३१, लमही (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ । 

तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताउनुभयो । 

सिधै काठमाडौँदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौँबाट भैरहवा हुँदै दाङ हवाई सेवा सुचारु गर्न पहल थाल्नेसमेत उहाँले बताउनुभयो । 

मन्त्री अधिकारीले पटकपटक जहाज सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको भन्दै इन्धन डिपो, धावनमार्ग स्तरोन्नति गर्नसमेत पहल थाल्ने बताउनुभयो । 

साथै मन्त्रीसहित मन्त्रालयबाट आएको प्राविधिक टोलीले एयरपोर्टको अवलोकन गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग ७५० मिटर मात्रै रहेको छ । 

विसं २०११ देखि सुचारु भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ । इन्धन डिपो नहुनु, धावनमार्ग सानो हुनुजस्ता कारणले जहाज नियमित हुन सकेको थिएन । 

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको विकास र समृद्धि टरिगाउँ एयरपोर्टसँग जोडिएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोधसमेत गनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता