२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रिडीको तिनमुखे पुल निर्माणमा खै नेताको ध्यान पुगेको ?

२०७५, २ आश्विन मंगलवार १७:०१

प्रेम सुनार | असोज २, बुटवल । प्रशिद्ध धार्मिक क्षेत्र रिडीमा तिन जिल्ला जोड्ने गरी निर्माण सुरु गरिएको  चार बर्ष बित्दा पनि ५ प्रतिशत पनि काम नभई अलपत्र परेको छ । तत्कालिन सांसद तथा नेपाली कांग्रेस नेता चन्द्र भण्डारी र तत्कालिन मुख्य  सचिव लिलामणी पौड्याललेृ २०७१ मंसिर १५ गते  संयुक्त रुपमा शिलान्यास गरेका थिए । 

सो पुल २०७४ असार ९ गते निर्माण सम्पन्न भई हस्तान्तरण हुने सम्झौता भएको थियो । शिलान्यास समारोहमा नेता भण्डारीले तिन बर्ष मै सक्ने उद्घोष गरेका थिए ।  तर अहिले  ठेक्का सम्झौता सकिएको १ बर्ष वितिसक्दा पनि पुलको काम एकरती अगाडी बढ्न नसेके पछि स्याङ्गजा पाल्पा र गुल्मीबासी निरास भएका छन । 

पुलको मुख्य पिलरको केही भाग खेृलाबाट उठाउँदै दुईचार जना कामदारले काम गरिनै रहेको झारा टार्ने मात्रै गरिएको छ ।  याता पाल्पा, गुल्मी र स्याङ्जाका तीनतिरबाट १ सय ७७ दशमलव ४ मिटर लम्वाईको  तिनमुखे झोलुङ्गे पुल निर्माण गर्ने र मध्य भागमा तीनवटै पुललाई जोड्ने ४२ मिटर अग्लो पिलर बनाउने सम्झौता भएको थियो । 

स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग (डोलिडार )  ले निर्माणका लागि ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा तीनवटा कम्पनीलाई ठेक्का प्रदान गरेको थियो  ।नयाँबाटो, रुबिना र मना जेबीले निर्माणको जिम्मा पाएको थियो । शिलान्यासमा आएको त्यसका निर्माण ब्यवसायीले अहिले सम्म मुख देखाएका छैनन । 

नमूना पुलले नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाँउपालिका, पाल्पाको रुरु धाम, स्याङ्गजाको  कारीकोट जोड्ने छ ।स्थानीयवासीले अहिलेसम्म भएका काम पनि गुणस्तीय नभएको आरोप लगाएका छन् । निर्माण सामाग्रीको प्रयोगमा ठेकेदार कम्पनीले कम गुणस्तरको प्रयोग गरेको आरोप स्थानीयको छ ।नेपालको हकमा यो पुल नयाँ प्रयोग भएकाले नक्सा तयारीमै ढिलाई भएको ठेकेदार कम्पनी नयाँबाटो ( रुबिना ) मना जेबिका प्रमुख महेन्द्र अधिकारीले बताए  । पुल सम्पन्न गर्नुपर्ने समय अबधी सकिन लागे पनि नक्सामै एकवर्ष लाग्दा ढिला भएको अधिकारीको भनाई छ  ।

‘सुरुमै नक्साको काममै अड्कियो त्यसपछी नाकाबन्दी भयो’, उनले भने ‘नयाँ काम भएकोले पनि काम गर्नेहरुको लागी नौलो लाग्दा ढिलाई भइरहेको छ ।’नयाँ काम भएकाले सामानदेखि काम गर्ने जनशक्ति पाउन मुस्किल परेको ठेकेदार कम्पनीको दावी छ । अधिकारीका अनुसार हाल सम्म प्रतिशतका हिसावले देखिने काम नभए पनि महत्वपूर्ण काम भइरहेको बताए ।


गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिश्वकर्मा ,  स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष सोभिलाल चौतारेले पुल  लापरबाही भएको बताए  ।उनिहरुले माथील्लो निकायको चासो नदिएर ठेकेदार थप ढिला सुस्तीमा लागेको बताउँ छन । रुरु गाउँपालिका प्रमुख  निलकण्ठ  गौतमले पटक पटक आफुहरु मन्त्रालयमा पुगेर घचघचाउँदा पनि सुनुवाई हुन नसकेको दुखेसो गर्छन । 

ढिलाई हुनुमा यस अघि कांग्रेस नेता तथा तत्कालिन सांसद चन्द्र भण्डारीलाई दोषारोपण पनि गरियो । तर अहिले त्यसै क्षेत्रका संघिय सांसद प्रदिपकुमार ज्ञवाली मन्त्री समेत हुनु भएको छ । मन्त्री ज्ञवालीको ध्यान जान नसकेको हो कि ? भन्ने प्रश्नमा मन्त्रीका स्वकिय सचिव जंग नेपाली भन्छन –‘ उहाँको ध्यान नगएको होईन, ठेकेदार बेपत्ता भए  पछि काम अगाडी बढ्न नसकेको हो । पहिला छुट्टाएकै रकम बराबरको काम नभए पछि अर्को रकम विनियोजन गर्न नमिलेको हो । 

अब हामी उनै ठेकेदारलाई सम्पर्कमा ल्याई बाँकी काम र रकम विनियोजनबारे सोच्ने छौ । नक्सा पास गरेर मात्र कुनै पनि भौतिक संरचनाको  शिलन्यास हुन्छ । तर त्यति बेला नक्सा पास नै नगरी हतारमा शिलान्यास गरियो । गजवको कुरा  शिलान्यास गरेको एक बर्ष पछि मात्र नक्साको काम सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर