२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीमा चिनियाँ लगानी भित्र्याउन पहल, मुख्यमन्त्री बुधबार चीन जाँदै

२०७५, २ आश्विन मंगलवार १७:२७

असोज २, सुर्खेत | कर्णालीको बिकास र समृद्धिका लागि प्रदेश सरकारले चिनियाँ लगानी भित्र्याउने भएको छ । कर्णालीको पर्यटकीय सम्भावनाबारे अध्ययन गरी चिनियाँ लगानी आकर्षित गर्न सरकारले योजना बनाएको छ । यसका लागि कर्णाली सरकारले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको रारामा ठुलो विमानस्थलका लागि सम्भाव्यता अध्ययन  थालेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिनियाँ लगानीकर्ताहरुसंग परामर्श थालेका छन् । कर्णाली आएको चिनियाँ लगानीकर्ताको टोलीसंग मंगलबार मुख्यमन्त्री शाही मुगुको रारा पुगेका छन् । रारामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्तासहित आफु रारा पुगेको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णाली प्रदेशको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी जरुरी छ’ उनले भने, ‘अन्तरष्ट्रिय लगानीकर्ता आकर्षणका लागि सरकारले आवश्यक वातावरण बनाउने छ ।’ कर्णालीमा भौतिक पूर्वाधारको बिकासका लागि बिदेशी लगानी आवश्यक भएको उनको भनाई छ ।

कर्णाली सरकारको आग्रहमा चीनको नर्थ वेस्ट एभिएसन कम्पनीसहितको टोलीले कर्णालीका विभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरेको छ । कर्णालीको पर्यटन बिकास, जलविद्युत आयोजना निर्माण, सडक र विमानस्थल निर्माणका लागि स्वदेशी लगानी प्रयाप्त नभएकोले विदेशी लगानी जुटाउनु पर्ने चुनौती सरकारलाई भएको मुख्यमन्त्री शाहीले बताए ।

चिनियाँ लगानीकर्ताको टोलीसंग मुगुको रारा क्षेत्रमा ठुला होटेल तथा रिसोर्ट र विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गरेको उनले बताए । रारामा हाई अल्टिच्युट विमानस्थलका रुपमा विमानस्थल निर्माण गर्न लगानीकर्ताहरू सकारात्मक रहेको पनि मुख्यमन्त्री शाहीले बताए । चिनियाँ टोलीसंग कालिकोटको जलविद्युत विकासका लागि तिला १ र २, फुकोट हाइड्रोपावरलगायतका क्षेत्रमा अवलोकन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

मुख्यमन्त्री बुधबार चीन जाँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार पाँच दिने चीन भ्रमणमा जान लागेका छन् । भ्रमण टोलीमा कर्णाली प्रदेशबाट मुख्यमन्त्रीसहित कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सांसद धर्मराज रेग्मी, पुण्य रेग्मी र मणि चौंलागाईचीन जान लागेका हुन् ।

चीनको सिचुवान प्रान्तमा हुने एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन कर्णाली सरकारका मुख्यमन्त्री शाहीसहितको टोली चीन भ्रमणमा जान लागेको हो । चीन सरकारसंग कर्णालीको हिल्सादेखि कोहलपुर जोड्ने सडकमा लगानी गर्न आग्रह गरिने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर