२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिएन

२०७५, १२ आश्विन शुक्रबार ०६:२२

समुन्द्रा घिमिरे | असोज १२, बेंसीशहर | विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत लमजुङमा निजी आवास पुनःनिर्माणले गति लिन सकेको छैन । 

जिल्लाका अधिकांश भूकम्पपिडितले घर निर्माण सम्पन्न गरे पनि निजी आवास पुननिर्माण कार्यक्रमअन्तर्गत सरकारले वितरण गर्ने अन्तिम किस्ता बराबरको रकम पीडितले पाएका छैनन् । 

निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या ४ सय ४ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाकोे तथ्यांकमा देखिन्छ । जिल्लाका १३ हजार ९ सय ५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३ सय १३ घरपरिवारले पहिलो किस्ता अनुदान सम्झौता गरिसकेका छन् । आवास प्रवलीकरण सूचीमा परेका ५ सय ३९ लाभग्राही मध्यमा हाल सम्म २ सय ९५ घरपरिवारले मात्र पहिलो किस्ता बराबर ५० हजार रुपैया भुक्तानी गरिएको जिल्ला आयोजना कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताउनुभयो । उहाँका अनुसार भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको संख्या ६ हजार ८ सय ५५ रहेको छ । 

बेसीशहर नगरपालिकामा १ सय ५१ घर, मस्र्याङ्दी गाउँपालिकामा १ सय १८ घर, दुधपोखरी गाउपालिकामा ५९ घर, मध्यनेपाल नगरपालिकामा ४५ घर, क्व्होलासोंथर गाउँपालिकामा २२ घर, दोर्दी गाउँपालिकामा ८ घर, राइनास नगरपालिकामा १ घर निर्माण सम्पन्न पश्चातको तेस्रो किस्ता वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकामा तेस्रो किस्ता वितरण कार्य सुरु नभएको उहाँले बताउनुभयो । 

अब पहिलो किस्ताका लागि रकम माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको उहाँले बताउनुभयो । जिल्लाका लाभग्राहीमध्ये १३ हजार ३ सय ४ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् । पहिलो किस्ताको तुलनामामा दोस्रो र अन्तिम किस्ता रकम निकासा हुनेको संख्या न्यून देखिन्छ । जिल्लामा हालसम्म चार हजार ४ सय २७ घरपरिवारले दोस्रो किस्ता प्राप्त गरेका छन् । दुई सय घरपरिवारलाइ गैरसरकारी संस्थामार्फत पहिलो र दोस्रो किस्ता प्रदान गरिएकोे थियो । 

लाभग्राहीले आफ्नो वडामा सम्झौता त्यसको रेकर्ड हामीसम्म आउनासाथ पहिलो किस्ता प्राप्त गर्न सकिने व्यवस्था छ, त्यसकारण प्रथम किस्ता निकासामा समस्या नभएको उहाँले बताउनुभयो । दोस्रो र तेस्रो किस्ता प्राप्त गर्न आवास निर्माण भई त्यसको परीक्षण हुनुपर्छ । जिल्लामा पुननिमार्णको काम नै ढिलो सुरु भएको भन्दै स्थानीय जनप्रतिनिधिको आग्रहमा दोस्रो किस्ताको रकम निकासामै बढी जोड दिएका कारण पनि अन्तिम किस्ता लिनेको सख्या न्युन रहेको रेग्मीले बताउनुभयो । 

भौगोलिक अवस्थाको कठिनाई र प्राविधिक परिचालनमा ढिलाई भएकाले निर्माण हुँदै गरेका घरको चेकजाच र सिफारिसमा केही सुस्सता आएको गुनासोपछि प्राधिकरणले प्राविधिक थप गरेको जिल्ला समन्वय प्रमुख प्रमुख लोकराज पाण्डेले बताउनुभयो । प्राविधिक परिचालन अगावै निर्माण सम्पन्न घरहरुको किस्ता छिटो सिफारिस हुनुपर्नेमा जोड दिएको छु, उहाँले भन्नुभयो ‘जनता यसै त पीडित छन्, त्यसमाथि झन ऋणको बोझ नथपियोस् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण