५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहाको बजेट ७६ करोड

१४ आश्विन २०७५, आईतवार ११:४४

असोज १४, लहान | सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ । 

नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गर्नुभयो । पूँजिगततर्फ वडा कार्यालयतर्फ रु १५ करोड ९० लाख, नगरपालिकातर्फ रु १२ करोड ८२ लाख, चालूतर्फ वडा कार्यालयतर्फ रु दुई करोड १२ लाख, नगरपालिका तर्फ रु १० करोड ६३ लाख, विषयगततर्फ रु २४ करोड ६६ लाख र सामाजिक सुरक्षा तर्फ रु नौ करोड ७८ लाख विनियोजन गरिएको छ । 

नगरपालिकाले चालू आवको तेस्रो महिनामा सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेटमा राजश्व सङ्कलनबाट रु दुई करोड चार लाख ५४ हजार, गत आवबाट जिम्मेवारी सरेर आएको रु १७ करोड २५ लाख ४४ हजार, नेपाल सरकारबाट सर्शत, चालु, पूँजीगत अनुदान रु २४ करोड ६६ लाख, सङ्घीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु १९ करोड ६७ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु एक करोड, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमको रु नौ करोड ७८ लाख तथा राजश्व बाँडफाँडबाट रु एक करोड ५० लाख आयको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता