५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ उद्योगमा एक अर्ब बढी लगानीको प्रस्ताव

६ कार्तिक २०७५, मंगलवार ११:२१

कात्तिक ६, धनगढी | कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४÷७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । 

दर्ता भएकामध्ये साना उद्योगमा झण्डै रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालु पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालु पूँजी रु १२ करोड रहेको छ । 

घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादनमूलक १९२ कृषिसम्बन्धी २९६, पर्यटनसम्बन्धी नौ र लघु ७७ वटा नयाँ उद्योग दर्ता भएका छन् । 

वार्षिक उत्पादन क्षमता करीब रु सात अर्ब रहेको यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउन लागेको तथ्याङ्कमा जनाइएको छ । 

अघिल्लो आव २०७३÷७४ मा दर्ता भएका ८९० वटा उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । यस्तै कार्यालयले गएको आव २०७४÷७५ मा ४३० उद्योगको नवीकरण गरेको छ । सम्बन्धित उद्योगीबाट काम नगर्ने जानकारी आएपछि ५८ वटा उद्योगको लगत कट्टा गरिएको छ । 

कार्यालयमा वर्षेनी उद्योग दर्ता हुने गरेको भएपनि दर्तापछि उद्योगको वस्तुस्थिति, ती उद्योगले दिएको रोजगारी, मापदण्डअनुसार सञ्चालन भए नभएको, उद्योग सञ्चालन हुँदा समाजलाई परेको प्रभाव लगायतका विषयमा अनुगमन निरीक्षण गर्ने पाटो भने कमजोर रहेको छ । 

उद्योगको अनुगमन निरीक्षण नहुँदा तोकिएको मापदण्ड विपरीत कतिपय ठाउँमा सञ्चालन भइरहेका उद्योगबाट समाजमा वातावरणीय प्रभाव परेको गुनासो सर्वसाधारणवाट सुनिन थालेको छ । 

कार्यालयका प्रमुख दिलीप चन्द कार्यालयसँग प्रर्याप्त जनशक्ति र साधन स्रोतको अभावको कारण सबै उद्योगको निरीक्षण गर्नसक्ने अवस्था नरहेको बताउनुहुन्छ । 

दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेको कार्यालयको अनुमान छ । कार्यालयले सम्बन्धितले उद्योग दर्ता गराउन आउँदा भरिने फारम र नवीकरण गर्दा भरिने फाराममा उल्लेखित विवरणलाई तथ्याङ्को आधार मान्ने गरेको छ । 

बैंकबाट ऋण लिने र विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि पनि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्न लागेको देखिएको कार्यालय प्रमुख चन्दले बताउनुभयो । 

घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा हालसम्म जम्मा दर्ता भएका साना उद्योग छ हजार ११० र लघु उद्योग २५३ पुगेका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको अनुमान गरिए पनि यसको यकिन तथ्याङ्क भने कसैसँग छैन । 

उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेको यी सबै उद्योगको जम्मा लगानी प्रस्ताव रु सात अर्ब २१ करोड रहेको कार्यालयको तथ्याङ्कमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता