५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बडिगाड महोत्सवमा कुन वडावाट के प्रदर्शन हुने ?

१७ कार्तिक २०७५, शनिबार ०५:०३

कमल पौडेल | कात्तिक १७, बडिगाड | बडिगाड महोत्सव अन्तरगतको संघ संस्था परामर्स उपसमिति र बडिगाड गाउँकार्यपालिकाको संयुक्त वैठक खार वजारमा सम्पन्न भएको छ । 

वैठकले प्रत्येक वडावाट महोत्सवमा प्रदर्शन हुने कार्यक्रम तथा सामाग्रिहरुको सुचि तयार गरेको छ। जस अन्तर्गत वडा नं. १ वाट नौमति वाजा, भैलो, सरायँ, झाँकी सहित स्थानिय उत्पादनहरु  मह, कोदोको पिठो, टिमुर लगाएतका सामाग्रि, वडा नं. २ वाट हेम्फै नाच, भैलो, सहित स्थानिय उत्पादनहरु केरा, तरुल, अदुवा, वेसार, सावुन लगाएतका सामाग्रिहरु पर्दर्शन गरिनेछ ।  

त्यस्तै वडा नं. ३ वाट घाटु नाच, हनुमान नाच, सहित स्थानिय उत्पादनहरु सुन्तला, वाँस निगालोवाट वनेका सामाग्रिहरु सहितका सामाग्रिहरु, वडा नं. ४ वाट भैलो, नौमति वाजा, सहित स्थानिय उत्पादनहरु टिमुर, जडिवुटि तथा निगालोका सामाग्रिहरु, वडा नं. ५ वाट नौमति वाजा, लाखेनाच, भजन, झाँकि सहित स्थानिय उत्पादनहरु धान, किवि, कफि, मरिच, केरा लगाएतका सामाग्रिहरु, वडा नं. ६ वाट सोरठी, नौमति वाजा, भजन, लाखेनाच, सहित स्थानिय उत्पादनहरु आलु, धान, कोदो, अदुवा, भाँगो, सिलाम सहितका सामाग्रिहरु, वडा नं. ७ वाट नौमति वाजा, गुरुङ संस्कृति, सहित स्थानिय उत्पादनहरु च्यूरिको ध्यू, फापर, निगालो वाट निर्मित सामाग्रि सहित अन्य सामाग्रिहरु, वडा नं. ८ वाट भैलो, नौमति वाजा, स्थानिय फलाम, भिरमौरि, हातेकागज, सेलेट ढुंगा, सहित स्थानिय उत्पादनहरु किवि, आलु, सिस्नो सहित ३० थरी जडिवुटिहरु, वडा नं. ९ वाट नौमति वाजा, सहित स्थानिय उत्पादनहरु भकिम्लो, केरा लगाएतका सामाग्रिहरु, वडा नं. १० वाट सरायँ, सारठी, नौमति वाजा, ३ प्रकारका सेलेट ढुंगा, सहित स्थानिय उत्पादनहरु अलैंचि लगाएतका सामाग्रिहरु प्रदर्शन हुने भएका छन्।


महोत्सवमा वडिगाडको असलामाछा विशेष हुने भएको छ। जसको लागि आवश्यक व्यावस्था गरिएको छ। वैठक कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता