२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बडिगाड महोत्सवमा कुन वडावाट के प्रदर्शन हुने ?

२०७५, १७ कार्तिक शनिबार ०५:०३

कमल पौडेल | कात्तिक १७, बडिगाड | बडिगाड महोत्सव अन्तरगतको संघ संस्था परामर्स उपसमिति र बडिगाड गाउँकार्यपालिकाको संयुक्त वैठक खार वजारमा सम्पन्न भएको छ । 

वैठकले प्रत्येक वडावाट महोत्सवमा प्रदर्शन हुने कार्यक्रम तथा सामाग्रिहरुको सुचि तयार गरेको छ। जस अन्तर्गत वडा नं. १ वाट नौमति वाजा, भैलो, सरायँ, झाँकी सहित स्थानिय उत्पादनहरु  मह, कोदोको पिठो, टिमुर लगाएतका सामाग्रि, वडा नं. २ वाट हेम्फै नाच, भैलो, सहित स्थानिय उत्पादनहरु केरा, तरुल, अदुवा, वेसार, सावुन लगाएतका सामाग्रिहरु पर्दर्शन गरिनेछ ।  

त्यस्तै वडा नं. ३ वाट घाटु नाच, हनुमान नाच, सहित स्थानिय उत्पादनहरु सुन्तला, वाँस निगालोवाट वनेका सामाग्रिहरु सहितका सामाग्रिहरु, वडा नं. ४ वाट भैलो, नौमति वाजा, सहित स्थानिय उत्पादनहरु टिमुर, जडिवुटि तथा निगालोका सामाग्रिहरु, वडा नं. ५ वाट नौमति वाजा, लाखेनाच, भजन, झाँकि सहित स्थानिय उत्पादनहरु धान, किवि, कफि, मरिच, केरा लगाएतका सामाग्रिहरु, वडा नं. ६ वाट सोरठी, नौमति वाजा, भजन, लाखेनाच, सहित स्थानिय उत्पादनहरु आलु, धान, कोदो, अदुवा, भाँगो, सिलाम सहितका सामाग्रिहरु, वडा नं. ७ वाट नौमति वाजा, गुरुङ संस्कृति, सहित स्थानिय उत्पादनहरु च्यूरिको ध्यू, फापर, निगालो वाट निर्मित सामाग्रि सहित अन्य सामाग्रिहरु, वडा नं. ८ वाट भैलो, नौमति वाजा, स्थानिय फलाम, भिरमौरि, हातेकागज, सेलेट ढुंगा, सहित स्थानिय उत्पादनहरु किवि, आलु, सिस्नो सहित ३० थरी जडिवुटिहरु, वडा नं. ९ वाट नौमति वाजा, सहित स्थानिय उत्पादनहरु भकिम्लो, केरा लगाएतका सामाग्रिहरु, वडा नं. १० वाट सरायँ, सारठी, नौमति वाजा, ३ प्रकारका सेलेट ढुंगा, सहित स्थानिय उत्पादनहरु अलैंचि लगाएतका सामाग्रिहरु प्रदर्शन हुने भएका छन्।


महोत्सवमा वडिगाडको असलामाछा विशेष हुने भएको छ। जसको लागि आवश्यक व्यावस्था गरिएको छ। वैठक कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने