२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अख्तियारको भवन निर्माण, मूर्ति बनाउन रु एक करोड

२०७५, २० कार्तिक मंगलवार ०२:१६

कात्तिक २०, कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ । महेन्द्रनगर नगर विकास समितिले उपलब्ध गराएको एक बिघा जग्गामा रु सात करोड ३७ लाखमा दुई भवन निर्माण गरिएका हुन् । 

आयोगका कञ्चनपुर प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार प्रशासनिक र प्रहरी ब्लक गरी दुई भवन निर्माण भएका छन् । भवनको सोमबार आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले उद्घाटन गर्नुभयो । जिल्लामा २०७० सालदेखि अख्तियारले सम्पर्क कार्यालयका रूपमा काम गर्दै आएको छ । 

मूर्ति बनाउन रु एक करोड 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिका–८ महाकाली शारदापीठ भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाल आमाको मूर्ति निर्माण समितिले सोमबार भम्केनीधाममा आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले आगामी नगरसभाबाट सो रकम उपलब्ध गराउने प्रस्ताव प्रस्तुत गरिने बताउनुभयो । 

“भम्केनीधामलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरिएकाले स्थानीय सरकारले त्यसमा सक्दो सहयोग गर्छ,” उहाँले भन्नुभयो । भम्केनीधाममा नेपाल आमाको मूर्ति बनाउन रु १४ करोड लाग्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस