२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरमा केबुलकार निर्माणको तयारी

२२ कार्तिक २०७५, बिहीबार १४:४०

कात्तिक २२, हेटौँडा । मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको थाहा नगरपालिकाले जनाएको छ । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको नेतृत्वमा विज्ञसहितको एक टोलीले उक्त नगरपालिकाको वडा नं ४ स्थित सिमभञ्ज्याङको स्थलगत निरीक्षण एवम् अवलोकन गरिएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले  बताए ।

जिल्लाको पर्यटकीयस्थलमध्ये महत्वपूर्ण पर्यटकीयस्थल रहेको सिमभञ्ज्याङवाट ड्रोनको प्रयोग गरी दूरीको नापनक्सा र प्रारम्भिक अध्ययन भएको बताइएको छ ।

सिमभञ्ज्याङवाट भीमफेदी गाउँपालिकाको भैसेतर्फ ६ किलोमिटर र थाहा नगरपालिकाको दामनतर्फ करीब ७२२ मिटरको दूरी रहेको प्रारम्भिक अध्ययनका क्रममा पाइएको उपप्रमुख गोपालीले बताए ।

टोलीमा संलग्न केबुलकार इन्जिनीयर हरि तामाङले अहिले सिमभञ्ज्याङबाट प्रारम्भिक स्थलगत अध्ययन गरिएको र विस्तृत अध्ययनपछि केबुलकार निर्माण गर्ने ठोस निर्णयमा पुगिने जानकारी दिए ।

केबुलकारको निर्माणले सो क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउँदै इन्जिनीयर तामाङले विस्तृत अध्ययनपछि उपयुक्त भएमा थाहा नगरपालिकाले पनि लगानी गर्ने बताए ।

यस सन्दर्भमा भीमफेदी गाउँपालिकाका स्थानीय बासिन्दा रामप्रसाद आचार्यले मकवानपुर जिल्ला पर्यटकीयस्थलका लागि महत्वपूर्ण रहेकाले सरकारी र गैरसरकारी सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य