२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेलौरीलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढाइँदै

२०७५, २३ कार्तिक शुक्रबार ०३:२३

कात्तिक २३, कञ्चनपुर (रासस) | कञ्चनपुरको बेलौरीलाई स्मार्ट सिटी बनाइने भएको छ । बेलौरी नगरपालिकाले सो कार्यका लागि दश वर्षे गुरुयोजना बनाएको सो कार्यका लागि सडक, कृषि उद्यम, स्वास्थ्य, खानेपानी, बसपार्क, फोहरमैला व्यवस्थापन केन्द्र, पर्यटकीयस्थल, मनोरञ्जनस्थल, खेलकूद रङ्गशाला, व्यायामशाला र बजार विस्तार गर्न पर्ने भएकाले सम्भावित स्थान पहिचान गरिने भएको छ । 

नगरपालिकाका १० वटै वडामा सम्भाव्यता अध्ययन कार्य अगाडि बढाइएको छ । नगर प्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “दश वर्षे आवधिक गरुयोजना बनाउनका लागि अनुगमन तथा सुझाव सङ्कलनको काम अगाडि बढेको र यसका लागि मन्त्रालयबाट समेत एक टोली यहाँ आएर स्थलगत अध्ययन गर्न थालिसकेका छन् । ” 

सो कार्यका लागि जनसङ्ख्याको अवस्थाबारे प्रतिवेदन, जनताको गरीबीको सुचाङ्क, आर्थिक अवस्थाबारे विवरण सङ्कलनको काम भइरहेको र आगामी योजनामा बजेटसमेत सोही बमोजिम विनियोजन गरिने नगर प्रमुख चौधरीले बताउनुभयो । 

तराईका हुलाकी राजर्मागमा पर्ने १० शहरलाई स्मार्ट सिटी बनाउने मन्त्रिपरिषद्को २०७४ असार २८ गतेको निर्णयअनुसार बेलौरीसमेत आधुनिक शहर तथा व्यवस्थित बस्ती (स्मार्ट सिटी)मा परेको थियो । सोही बमोजिम नगरपालिकाले स्मार्ट सिटी निर्माणका लागि काम अगाडि बढाएको हो । 

स्मार्ट सिटीभित्र खानेपानी, सौर्य ऊर्जा, व्यवस्थित शौचालय, गुणस्तरीय मोबाइल सेवा, व्यवस्थित सडक, विद्यालय, इन्टरनेट सेवा, आधुनिक कृषि, फराकिला फुटपाथसहितका सडक, सुविधासम्पन्न आवास, खुला पार्क, हरित व्यवसाय, उपभोग्य वस्तु सहजरूपमा उपलब्ध गराइने छ । 

सो योजनासँगै बेलौरी छोटी भन्सार कार्यालयको स्तरोन्नति गरी भन्सार कार्यालय बनाइने स्थानीय समाजसेवी पल्लवराज भट्टले बताउनुभयो । भारतसँग जोडिएको बेलौरीले सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको छ । जहाँनिया राणाकालदेखि र पछिल्लो डेढ दशक गरी १०३ वर्षसम्म यो क्षेत्र जिल्लाको सदरमुकामका रूपमा थियो । 

विसं २०१९ मा जिल्ला सदरमुकाम महेन्द्रनगर हालको भीमदत्तनगरमा सरेपछि यो क्षेत्र राजनीतिक र आर्थिक रूपमा पछाडि परेकाले त्यसकोे ५२ वर्षपछि विसं २०७१ वैशाख २५ गते साविक श्रीपुर, लक्ष्मीपुर, रामपुर विलासीपुर गाविसलाई मिलाएर नगरपालिका घोषणा गरिएको थियो । उक्त नगरपालिकाको जनसङ्ख्या झण्डै ६० हजारको हाराहारीमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस