५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा लिन राष्ट्र बैंकको आग्रह

२५ कार्तिक २०७५, आईतवार १०:०६

कार्त्तिक २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक कर्जा लिन आग्रह गरेको छ । बैंकले आज एक सूचनामार्फत सरोकारवालालाई उक्त कर्जा लिन आग्रह गरेको हो ।

गत असोज ११ गते नै केन्द्रीय बैंकले सो कर्जा उपलब्ध गराउन सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ । सहुलियतपूर्ण कर्जाएका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत भइसकेको छ ।

चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार शिक्षित युवा, स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितको निजी आवास निर्माण एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जामा तोकिएको व्याज प्रदान गर्ने समेत उल्लेख छ ।

व्यवसायिक कृषि तथा पशुपंषी कर्जा ५ करोड रुपैयाँसम्म लिन पाइनेछ । यस्तै शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखी ७ लाख रुपैया, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

यस्तै महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख, भूकम्प प्रभावितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म लिन पाउने व्यवस्था गरिएको छ ।

कर्जाको सीमा प्रति ऋणी ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिको लागि समेत पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

कार्यविधिअनुसार योग्य र इच्छुक सर्वसाधारणले आफ्नो अनुकूल शिर्षकमा कर्जा लिई व्यवसाय , उद्यम सञ्चालन गर्न बैंकले आग्रह गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले पनि त्यस्ता व्यक्तिलाई नजिकको पायक पर्ने स्थानमा रहेका शाखा मार्फत सेवा दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता