२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा लिन राष्ट्र बैंकको आग्रह

२०७५, २५ कार्तिक आईतवार १०:०६

कार्त्तिक २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक कर्जा लिन आग्रह गरेको छ । बैंकले आज एक सूचनामार्फत सरोकारवालालाई उक्त कर्जा लिन आग्रह गरेको हो ।

गत असोज ११ गते नै केन्द्रीय बैंकले सो कर्जा उपलब्ध गराउन सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ । सहुलियतपूर्ण कर्जाएका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत भइसकेको छ ।

चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार शिक्षित युवा, स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितको निजी आवास निर्माण एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी जस्ता कर्जामा तोकिएको व्याज प्रदान गर्ने समेत उल्लेख छ ।

व्यवसायिक कृषि तथा पशुपंषी कर्जा ५ करोड रुपैयाँसम्म लिन पाइनेछ । यस्तै शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखी ७ लाख रुपैया, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था कार्यविधिले गरेको छ ।

यस्तै महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख, भूकम्प प्रभावितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म लिन पाउने व्यवस्था गरिएको छ ।

कर्जाको सीमा प्रति ऋणी ५ करोड रुपैयाँ भन्दा बढी भएमा केन्द्रीय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिको लागि समेत पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

कार्यविधिअनुसार योग्य र इच्छुक सर्वसाधारणले आफ्नो अनुकूल शिर्षकमा कर्जा लिई व्यवसाय , उद्यम सञ्चालन गर्न बैंकले आग्रह गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले पनि त्यस्ता व्यक्तिलाई नजिकको पायक पर्ने स्थानमा रहेका शाखा मार्फत सेवा दिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध