Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

योजनाका रकममा र्याल नचुहाउन कपुरकोटका अध्यक्ष सेनको आग्रह

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ९, सल्यान । योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा र्याल नचुहाउन कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उपभोक्ता समितीका पदाधिकारिलाइ आग्रह गरेका छन् ।

आइतबार देखि शुरु भएको योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा उनले योजनामा र्या ल चुहाउने बानिले गाउँको विकास कहिलै पनि नहुने बताएका हुन् । वडा नम्बर ३ मा गठन भएका योजनाका मुख्य पदाधिकारिहरुलाइ कपुरकोटमा निर्देशन गर्दै अध्यक्ष सेनले भने, ‘तपाइको गाउँठाउँको विकासका लागी उपभोक्ताको पनि लगानी हुनुपर्छ । योजनामा कुनै तलमाथी नहोस्, काम प्रभावकारि भएन भने रकम भुक्तानी पनि हुँदैन र वेइमानी गर्नेलाइ कारवाहि समेत हुन्छ ।’

योजना सञ्चालनको क्रममा गाउँपालिकाका कुनै पनि कर्मचारिले रकम मागेमा वा रकम भुक्तानीमा ढिला सुस्ती गरेमा आफुलाइ जानकारि गराउन सेनले आग्रह गरे । योजना सम्पन्न भएपछि त्यसको संरक्षण, उपयोगमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितीका संयोजक तिला बुढा मगरले गएका वर्ष धेरै योजनाहरु सन्तोषजनक तरिकाले सम्पन्न नभएको जनाउदै यो वर्ष त्यसो नहुने बताइन् । उनले भनिन्, ‘म सबै योजनाको अनुगमनमा आउने छु । अनुगमनमा जे देखिन्छ त्यहि रिपोर्ट गाउँपालिका समक्ष गर्नेछु । त्यसैले इमान्दारीताका साथ गुणस्तरिय काम गर्नुहोला ।’

वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा अभिमुखिकरण गोष्ठीमा प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजाल, सूचना अधिकारि जीवराज केसीले उपभोक्ता समितीको काम, कर्तव्य र अधिकार, सम्झौता गर्दा आवश्यक पर्ने कागजात लगाएतका विषयमा अभिमुखिकरण गरेका थिए । चालू आर्थीक वर्षमा कपुरकोट ३ मा १४ वटा योजना सञ्चालनमा रहेको वडाध्यक्ष मिन बहादुर सेनले जनाए ।

अन्य वडामा पनि उपभोक्ता समितीका पदाधिकारिहरुलाइ अभिमुखिकरण गरिने गाउँपालिकाले जनाएको छ ।