२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सबैको बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारण सभा सम्पन्न

२०७५, १५ मंसिर शनिबार १६:२०

भास्कर के.सी | मङ्सिर १५, कञ्चनपुर | कञ्चनपुरको सबैको बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारण सभा सम्पन्न भएको छ । विगत ९ वर्ष देखि बचत तथा ऋण लगानी गर्दै स्थानिय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले सफलता पूर्वक आफ्नो ९ वर्ष पुरा गरेको  छ । 

उल्लेख्य सदस्यहरुको उपस्थितिमा सभालाई संबोधन गर्दै ‘नौ वर्ष पुरा गरी १० औं वर्षमा प्रवेश गर्दा सम्म यस संस्थाले विभिन्न आरोह र अवरोह पार गरको छ । यस संस्थाको विकासको लागि यसका शेयर सदस्य तथा बचत कर्ता, कर्मचारीले निकै महत्वपूर्ण भुमिका निवाह गर्दै आइरहेकोले संस्था आजको अवस्था सम्म आइपुगेको सहकारी संस्थाको अध्यक्ष भारती चौधरीले बताउनु भयो ।

त्यसै गरी उक्त संस्थाका लेखा समितिका संयोजक विशन देव जोशीले संस्थाले भविष्यमा नयाँ नौलो कार्यक्रम ल्याई ग्राहक वर्ग तथा सदस्यहरुको आयमा वृद्धि गर्ने कार्यहरु ल्याउने तयारी गरिरहेको बताउनु भयो । महिलाहरुको प्रगतीबाट नै समाजको प्रगति सम्भव भएकोले सहकारी माध्यमबाट महिलाहरु आत्म निर्भर हुन पर्ने तथा सानो सानो पुजी जम्मा गरी त्यस्तो पुजीलाई व्यापार व्यवसाय गर्न सके सफल भई समाजको नै उत्थान हुने कुरा  भीनपा उप प्रमुख सुशिला चन्दले बताउनु भयो । उक्त कार्यक्रममा संस्थाको आ.व.२०७४/७५को प्रगति विवरण अध्यक्ष भारती चौैधरीले र आर्थिक विवरण कोषाध्यक्ष कमला पाण्डेयले प्रस्तुत गर्नु भएको थियो । 


उक्त कार्यक्रममा सभापतित्व सहकारी संस्था की अध्यक्ष भारती चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथी भीनपाको उप प्रमुख शुशीला चन्दले, विशिष्ट अतिथीमा लक्ष्मण तिवारी रहनु भएको थियो । उक्तँ कार्यक्रमका संयोजक राम बहादुर कुँवर रहनु भएको थियो भने सभाको संचालन उपाध्यक्ष गाविन्द बहादुर स्वारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस