२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरमा चार हजारले पहिलो किस्ता लिन बाँकी

२०७५, २६ मंसिर बुधबार ०८:३२

मङ्सिर २६, ललितपुर | जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ । 

जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन बाँकी रहेको एकाइका आयोजना प्रमुख बीरबहादुर रावलले बताउनुभयो । 

पहिला किस्ता लिनेभन्दा दोस्रो किस्ता लिनेको सङ्ख्या धेरै कम छ । नौ हजार ३३४ जनाले दोस्रो किस्तावापतको रकम लिइसकेका छन् । तेस्रो किस्ता लिने लाभग्राही छ हजार १३० छन् । उहाँले भन्नुभयो, “पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो किस्ता लिनेको सङ्ख्या अझै कम छ ।” 

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । यीमध्ये गाउँपालिकामा दोस्रो र तेस्रो किस्ता लिनेको सङ्ख्या बढी छ । शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनाउनुपर्ने, एउटै घरमा धेरै परिवारको बसोवास, नक्सापास गर्र्न कठिनलगायतका कारण घर बनाउन ढिलाइ भइरहेको प्रमुख रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यी विषयमा पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकारका बीचमा समझदारी भएकाले अव गति लिन सक्छ ।” जिल्लाभरमा प्रबलीकरणका लाभग्राही एक हजार ३८१ रहेको छ । 

महानगरपालिकाले कर्मचारी टुङ्गो लगाएन 

ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने तय गरेको छैन । कर्मचारी संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयवाट आएका कर्मचारी यहाँ कार्यरत छन् । 

नेपाल सरकारको कर्मचारी समायोजनपछि मात्रै यहाँको कति कर्मचारी आवश्यक छ, भनेर तय गरिने प्रवक्ता राजु महर्जनले बताउनुभयो । जिल्लाका विषयगत कार्यालयले गर्ने कामसँगै त्यहाँ कार्यरत कर्मचारी महानगरपालिकामा काजमा आएका छन् । उहाँले भन्नुभयो, “ती सबै कर्मचारी यहाँ आवश्यक छन् छैनन् वा त्यो भन्दा बढी चाहिन्छ भन्ने त्यसपछि नै टुङ्गो लाग्नेछ ।” 

महानगरपालिकामा विषयगत कार्यालयको कर्मचारी आए पनि भवन र भौतिक सम्पत्ति आएको छैन । उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुबै हैरान छन् । उहाँले भन्नुभयो, “कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन् भने यसको असर सेवाग्राहीलाई पनि पर्छ ।” विषयगत कार्यालयका धेरै कर्मचारी आउन चाहेपनि व्यवस्थापन गर्न नसकेकाले लिन नसकेको महानगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा