२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारी बैंकको प्रवन्ध सञ्चालकबाट उप्रेती बाहिरिए, प्रमुख कार्यकारी अधिकृतमा गुरागाई

२०७५, ३ पुष मंगलवार १६:०१

पुष ३, ललितपुर | राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हट्नु भएको छ । बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उहाँले प्रवन्धकीय जिम्मेवारीबाट विदा लिनु भएको हो । सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न वैठकले बैंकका सञ्चालक उप्रेतीलाई महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो । 

सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था रहेको छ । सहकारी ऐनमा भएको व्यवस्थालाई मध्ये नजर गरी उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी छोडेर सञ्चालकको जिम्मेवारीमा नरहनु भएको हो । 

बैंकको विनियममा निर्वाचित सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष र एक जना प्रवन्ध सञ्चालक बनाउने व्यवस्था अनुसार पहिलो, दोस्रो र तेस्रो कार्यकालमा उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी बहन गर्नु भएको थियो । 

बैंक स्थापनाकालदेखि नै बैंकको सञ्चालकमा निर्वाचित भई प्रवन्ध सञ्चालकको जिम्मेवारीमा रहेर बैंक सहित मुलुकको सहकारी अभियानमा उप्रेतीले पुर्याएको उच्च कदर गर्दै उहाँलाई वैठकबाट धन्यवाद ज्ञापन गर्दै प्रवन्ध सञ्चालकबाट विदाई गरिएको हो । 


स्थापनादेखि हालसम्म सहकारी बैंकको प्रवद्र्धनका साथै समग्र सहकारी अभियानलाई अवस्था ल्याउनका लागि उप्रेतीले खेलेको भूमिका अत्यन्तै सह्रानीय रहेको भन्दै अध्यक्ष रमेशप्रसाद पोखरेलले आगामी दिनमा समेत बैंक र सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि योगदान गर्न उप्रेतीलाई आग्रह गर्नु भयो । 

साथै वैठकले प्रवन्धक सञ्चालकले गर्दै आएको जिम्मेवारी बहन गर्नका लागि नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल चाटर्ड एकाउण्टेण्ट गुरागाई यस भन्दा पहिला पनि बैंकको नायव महाप्रवन्धकका रुपमा कार्यरत रहनु भएको थियो । वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका गुरागाई हाल नेपाल चाटर्ड एकाउण्टेण्ट संस्था अन्तरगतको गुणस्तर अनुगमन बोर्डका सदस्य समेत रहनु भएको छ । 


बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको वैठकले बैंकको १५ औं वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचनका लागि इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरिएको बैंकका सञ्चालक एवं सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिनुभयो । 

बैंकको पछिल्लो विनियम अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरी १५ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समितिको व्यवस्था गरेको छ । ७ वटा प्रदेशबाट १/१ जना, ३३ प्रतिशत महिला सहित १४ जना सञ्चालक रहने व्यवस्था रहेको छ । 

बैठकले साधारणसभाबाट बैंकको सञ्चालक समिति र लेखा समितिको निर्वाचन सम्पन्न गर्नका लागि बैंकका कानुनी सल्लाहकार रामचन्द्र सिंम्खडाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति चयन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै