६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने

४ पुष २०७५, बुधबार ०८:२३

 पुस ४, चितवन |(रासस) | यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीय गतिविधि केन्द्रित हुन लागेको हो । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्ने सो महोत्सवमा कृत्रिम चिडियाखाना, पर्यटन सम्बन्धित राष्ट्रियस्तरका गोष्ठी, पर्यटक प्याकेज, जलविहार, डुङ्गा दौड जस्ता गतिविधि गरिने छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार यहाँ पाइने १० र नेपालमा नपाइने १० जनावर र चरा चुरुङ्गीको चलायमान र आवाज निकाल्ने गरी मूर्ति बनाउन लगाइएको छ । 

नेपालका बाघ, गैंँडा, हात्ती, भालु जस्ता जनावर र यहाँ नपाइने कङ्गारु, जेब्रा, डाइनोसर जस्ता जनावरका प्रतिकात्मक मूर्ति चिडियाखानामा हुनेछन् । महोत्सवको अवधिभर स्वदेशी विदेशी विज्ञको सहभागितामा राष्ट्रियस्तरका गोष्ठी र छलफल चलाइने छ । 

चितवनका पर्यटकीय स्थलमा सस्तो र सुलभ प्याकेज निर्माण गरी पर्यटकलाई घुमाउने, खुवाउने र बसाउने कार्यक्रम रहेको छ । नारायणी नदीमा मोटरबोट, ¥याफटिङ र डुङ्गामार्फत जलविहार गराइँदैछ । बोटे जातिको पेशा संरक्षण गर्दै उनीहरूबीच डुङ्गा दौडसमेत गर्न लागिएको प्रधानले बताउनुभयो । 

हेलिकप्टरबाट दृश्यावलोकन समेत गराइने छ । महोत्सव परिसरमा निर्माण गरिने मनोरञ्जन उद्यानले दर्शकलाई आकर्षण दिनेछ । यहांँका १०० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक गाइड बुक तथा ब्रोसरसमेत तयार गरिएको छ । हरेक दुई/दुई वर्षमा उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्दै आएको १२औंँ यस महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । 

महोत्सवमा पाँच सय भन्दा बढी कक्ष रहने छन् । यस वर्ष महोत्सवमा ‘मेड इन नेपाल’ भन्ने छुट्टै कक्ष परिसर बनाइदै छ परिसरमा उत्पादित वस्तुको २० कक्ष रहने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुमनारायण श्रेष्ठले बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० को लक्ष्य पूरा गर्न सहयोगी हुने बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता