2026-09-01 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने

 पुस ४, चितवन |(रासस) | यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकीय गतिविधि केन्द्रित हुन लागेको हो । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्ने सो महोत्सवमा कृत्रिम चिडियाखाना, पर्यटन सम्बन्धित राष्ट्रियस्तरका गोष्ठी, पर्यटक प्याकेज, जलविहार, डुङ्गा दौड जस्ता गतिविधि गरिने छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार यहाँ पाइने १० र नेपालमा नपाइने १० जनावर र चरा चुरुङ्गीको चलायमान र आवाज निकाल्ने गरी मूर्ति बनाउन लगाइएको छ । 

नेपालका बाघ, गैंँडा, हात्ती, भालु जस्ता जनावर र यहाँ नपाइने कङ्गारु, जेब्रा, डाइनोसर जस्ता जनावरका प्रतिकात्मक मूर्ति चिडियाखानामा हुनेछन् । महोत्सवको अवधिभर स्वदेशी विदेशी विज्ञको सहभागितामा राष्ट्रियस्तरका गोष्ठी र छलफल चलाइने छ । 

चितवनका पर्यटकीय स्थलमा सस्तो र सुलभ प्याकेज निर्माण गरी पर्यटकलाई घुमाउने, खुवाउने र बसाउने कार्यक्रम रहेको छ । नारायणी नदीमा मोटरबोट, ¥याफटिङ र डुङ्गामार्फत जलविहार गराइँदैछ । बोटे जातिको पेशा संरक्षण गर्दै उनीहरूबीच डुङ्गा दौडसमेत गर्न लागिएको प्रधानले बताउनुभयो । 

हेलिकप्टरबाट दृश्यावलोकन समेत गराइने छ । महोत्सव परिसरमा निर्माण गरिने मनोरञ्जन उद्यानले दर्शकलाई आकर्षण दिनेछ । यहांँका १०० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक गाइड बुक तथा ब्रोसरसमेत तयार गरिएको छ । हरेक दुई/दुई वर्षमा उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गर्दै आएको १२औंँ यस महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । 

महोत्सवमा पाँच सय भन्दा बढी कक्ष रहने छन् । यस वर्ष महोत्सवमा ‘मेड इन नेपाल’ भन्ने छुट्टै कक्ष परिसर बनाइदै छ परिसरमा उत्पादित वस्तुको २० कक्ष रहने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुमनारायण श्रेष्ठले बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र सरकारको नेपाल भ्रमण वर्ष सन् २०२० को लक्ष्य पूरा गर्न सहयोगी हुने बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला