६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एघार अर्ब ६५ करोड राजश्व सङ्कलन

४ पुष २०७५, बुधबार १०:२६

 पुस ४,  चितवन (रासस) | आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो । 

कार्यालयलाई आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड एक लाख ७० बढी राजश्व बढी असुल गरेको छ । विभागले कार्यालयलाई रु १० अर्ब १२ करोड ४० लाख ८३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । 

कार्यालयका प्रमुख शुवप्रसाद रिजालका अनुसार आय करतर्फ रु ४२ करोड ३६ लाख एक हजार, ब्याज करतर्फ रु चार करोड ८२ लाख ५९ हजार, मूल्य अभिवृद्धि कर रु ५६ करोड २३ लाख ९४ हजार राजश्व असुल भएको छ । 

यस्तै अन्तःशुल्कमा रु १० अर्ब ५७ करोड ६४ लाख ४२ हजार र अन्य करतर्फ रु चार करोड आठ लाख ६० हजार असली भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस कार्यालयको क्षेत्राधिकारभित्र करदाता शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको छ । 

करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन सहज भएको रिजालले बताउनुभयो । कार्यालयले नियमित बजार अनुगमन गर्ने, व्यवसायीसँग करका विषयमा अन्तरसंवाद गर्नेलगायतका काम गरिरहेको उहाँले बताउनुभयो । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयमा ४८ हजारभन्दा बढी करदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता