२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एघार अर्ब ६५ करोड राजश्व सङ्कलन

२०७५, ४ पुष बुधबार १०:२६

 पुस ४,  चितवन (रासस) | आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो । 

कार्यालयलाई आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड एक लाख ७० बढी राजश्व बढी असुल गरेको छ । विभागले कार्यालयलाई रु १० अर्ब १२ करोड ४० लाख ८३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । 

कार्यालयका प्रमुख शुवप्रसाद रिजालका अनुसार आय करतर्फ रु ४२ करोड ३६ लाख एक हजार, ब्याज करतर्फ रु चार करोड ८२ लाख ५९ हजार, मूल्य अभिवृद्धि कर रु ५६ करोड २३ लाख ९४ हजार राजश्व असुल भएको छ । 

यस्तै अन्तःशुल्कमा रु १० अर्ब ५७ करोड ६४ लाख ४२ हजार र अन्य करतर्फ रु चार करोड आठ लाख ६० हजार असली भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस कार्यालयको क्षेत्राधिकारभित्र करदाता शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको छ । 

करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन सहज भएको रिजालले बताउनुभयो । कार्यालयले नियमित बजार अनुगमन गर्ने, व्यवसायीसँग करका विषयमा अन्तरसंवाद गर्नेलगायतका काम गरिरहेको उहाँले बताउनुभयो । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयमा ४८ हजारभन्दा बढी करदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह