२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निकुञ्जमा अप्रेसन महाहन्ट शुरु

२०७५, ६ पुष शुक्रबार ०६:४६

 पुस ६ चितवन  (रासस) |  चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् । विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालीम दिएपछि फौज कार्यक्षेत्रमा खटिएको उहाँले बताउनुभयो । 

बाहिनीका सुरक्षाकर्मीसँगै निकुञ्ज कर्मचारी र सुरक्षार्थ खटिएको श्री बटुक दलगणका सुरक्षाकर्मी पनि महाहन्टमा छन् । नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा समृद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने छ । महाहन्टका क्रममा कुकुरसमेत परिचालन गरिँदैछ भने हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डङ्गागस्ती समेत गरिँदैछ । 

हाल भएका ५७ वटा सुरक्षा पोष्टका अतिरिक्त ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षाद् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केहीवर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ सालबाट अप्रेसन हन्ट सञ्चालन गर्दै आएकामा विसं २०७१ सालबाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुस महीनाबाट वर्षाद् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण