६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निकुञ्जमा अप्रेसन महाहन्ट शुरु

६ पुष २०७५, शुक्रबार ०६:४६

 पुस ६ चितवन  (रासस) |  चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् । विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालीम दिएपछि फौज कार्यक्षेत्रमा खटिएको उहाँले बताउनुभयो । 

बाहिनीका सुरक्षाकर्मीसँगै निकुञ्ज कर्मचारी र सुरक्षार्थ खटिएको श्री बटुक दलगणका सुरक्षाकर्मी पनि महाहन्टमा छन् । नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा समृद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने छ । महाहन्टका क्रममा कुकुरसमेत परिचालन गरिँदैछ भने हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डङ्गागस्ती समेत गरिँदैछ । 

हाल भएका ५७ वटा सुरक्षा पोष्टका अतिरिक्त ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षाद् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जङ्गल उजाड हुने, खोला घटेर सहजै मानिस वारपार गर्नसक्ने हुनाले यो समयलाई चोरी शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केहीवर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ सालबाट अप्रेसन हन्ट सञ्चालन गर्दै आएकामा विसं २०७१ सालबाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुस महीनाबाट वर्षाद् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता