६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकै बेचेर भरतपुरमा घर

८ पुष २०७५, आईतवार १६:०९

नारायण अधिकारी | पुष ८, चितवन (रासस) | सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण यहाँको एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् । 

भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उहाँका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाउनुभएको हो । 

भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गर्नुभएकी बुढाथोकीले भन्नुभयो, “हामीले यो व्यवसाय गरेको १९ वर्ष भयो ।” लक्ष्मीले शुरुआतीदेखि नै त्यही चोकमा मकै पोल्दै आउनुभएको छ भने श्रीमान् लक्ष्मणले पहिले ठेलामा मकै पोल्ने गरे पनि अहिले बालमन्दिर नजिकै चोकमा मकै पोल्दै आउनुभएको छ । यही कमाइले यो दम्पतीले तीन सन्तान हुर्काएको छ । 

जेठी छोरीको विवाह भइसक्यो भने एक छोरा र कान्छी छोरी कक्षा ११ मा पढ्दै छिन् । परिवारको पालनपोषण, पढाइ, विवाह दानसँगै जग्गा खरीद गरेर घर बनाउन उहाँहरु सफल हुनुभएको हो । 

उहाँहरुले जिल्लाको टाँडी, शुक्रनगर र गैँडाकोटबाट मकै ल्याएर श्रीमान् श्रीमती नै मकै पोलेर बेच्दै आउनुभएको छ । पहिला ठेलामा मकै बेच्दा केही राम्रो भए पनि अहिले एक ठाउँमा मात्र बसेर मकै बेच्दा पहिलाको जस्तो कमाइ हुन नसकेको लक्ष्मीले बताउनुभयो । 

आफूले विवाह गर्दा श्रीमान्ले रिक्सा चलाउने गरेको भए पनि पछि दुवै जनाले मकै बेचेर बस्न थालेको उहाँले बताउनुभयो । चितवन माइत र नुवाकोट घर भएकी बुढाथोकी विवाहपछि घर नगई यही बसेर काम गर्न थालेको बताउनुहुन्छ । 

श्रीमान्को रिक्सामा कमाइ कम हुँदै गएपछि आफूले मकै पोल्न थालेको र पछि श्रीमान्ले पनि मकै पोल्न थाल्नुभएको उहाँको भनाइ छ । जाडोको समयमा १५० घोगासम्म मकै बिक्री हुुने गरेको बताउने बुढाथोकी गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुने बताउनुहुन्छ । अहिले दैनिक एक जनाको आम्दानी रु दुई हजार हाराहारी हुने गरेको लक्ष्मीले बताउनुभयो । “बिहान जाडोमा गएर मकै ल्याउनुपर्छ, दुःख छ दुःख भएर के गर्ने काम गर्नै प¥यो”, उहाँले भन्नुभयो । 

अहिले स्थानीय सरकारले सडकमा मकै पोलेर बेच्न नदिँदा व्यवसाय धरासायी बन्दै गएको उहाँको गुनासो छ । विदेशमा गएर सङ्घर्ष गर्नुभन्दा जति दुःख भए पनि आफ्नै देशमा काम गर्दा आनन्द आउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो देशमा मेहनत गर्यो भने सफल भइन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता