तीनै तहका सरकारसँग सहकार्य गर्न नीजी क्षेत्र तयार छ – ढकाल

साझासवाल

पुस १५, काठमाडौं | आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकाशका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । सिन्धुली उधोग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा शुक्रबारदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै नीजि क्षेत्रको सहभागिताले देशको चौतर्फी विकाशमा मुख्य भूमिका खेल्ने विचार ब्यक्त गर्नुभएको थियो । नेपाल सरकारका माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई प्रदेश नम्बर तीनका माननीय मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उधोग वाणिज्य महासंघका बरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उधोगी व्यवसायीहरूले सम्बोधन गर्नुभएको थियो ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

Leave a Comment

Leave a Reply