2026-09-01 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगरमा १२ तले बहुद्देश्यीय भवन बनाउँदै

पुस १५, चितवन (रासस) | भरतपुर महानगरपालिकाले सुविधा सम्पन्न बहुद्देश्यीय व्यावसायिक भवन निर्माण गर्ने भएको छ । 

महानगरपालिकाको वडा नं ३ नारायणगढको लायन्स चोकमा रहेको पुरानो सब्जीमण्डी भएको ठाउँमा व्यावसायिक भवन निर्माण गर्न लागिएको हो । सो ठाउँमा १० कठ्ठा १५ धुर जग्गा रहेको छ । महानगरपालिकाका शहरी योजनाकार ‘आर्किटेक’ इञ्जिनीयर अस्मिता खनालका अनुसार १२ तलाको बहुद्देश्यीय भवन बनाउन नक्साङ्कनको काम भइरहेको छ । महानगरपालिकाले अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रालिलाई नक्साङ्कनको जिम्मा दिएको छ । नक्साङ्कनलाई अन्तिम रुप दिनमात्र बाँकी रहेको खनालले बताउनुभयो । 

खनालका अनुसार भूमिगत तला पार्किङको व्यवस्था गरिँदै छ । एक हजार ७१२ स्क्वायर मिटरको भूमिगत तलामा ५० गाडी र ६५ मोटरसाइकल अट्ने खनालले बताउनुभयो । भुइँ तला एक हजार ५१५ स्क्वायर मिटरको छ । चार तलासम्म सोही हाराहारी क्षेत्रफलको हुनेछ । त्यसपछि क्रमश क्षेत्रफल घट्दै जाने खनालले बताउनुभयो । 

चार तलासम्म व्यावसायिक सटर हुनेछन् भने त्यसमाथि दुई व्यावसायिक हल, दुई सिनेमा हल, जिमहल, फुडकोट, रेष्टुरेन्ट, कार्यालय प्रयोजनलगायतका काममा प्रयोग हुने गरी नक्साङ्कन गरिएको छ । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शहरी विकास कोषको सहयोगमा भवन बनाउन लागिएको बताउनुभयो । यकिन लागत आई नसके पनि करीब रु ८० करोडको हाराहारी खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यस भवन बनेसँगै बजारको व्यवस्थापनमा सहजता आउने उहाँले बताउनुभयो । भवनलाई आकर्षक बनाइने भन्दै उहाँले व्यवस्थित बजार विकासमा सहयोगी बन्ने बताउनुभयो । महानगरपालिका वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरको मुख्य बजार नारायणगढ क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउनेका क्रममा बहुद्देश्यीय भवन बन्न लागेको बताउनुभयो । 

सो ठाउँको तरकारी बजार क्षेत्रपुरमा सरेपछि त्यहाँ भवन बनाउन लागिएको हो । केही दिनमानै नक्साङ्कनको टुङ्गो लागेर निर्माणको प्रक्रिया अघि बढ्ने पण्डितले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला