२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फिस्लिङ–शक्तिखोर सडकको शिलान्यास

२०७५, १६ पुष सोमबार १७:०४

पुस १६, चितवन (रासस) | जिल्लाको पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ शक्तिखोर सडकको आज शिलान्यास गरिएको छ । 

शक्तिखोर बजार नजिकै चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले सडकको शिलान्यास गर्नुभएको हो । 

एशियाली विकास बैंकको अनुदान सहयोगमा निर्माण हुने सो सडक ४७ किलोमिटर लामो हुनेछ । जसमध्ये शक्तिखोरदेखि तोलाङसम्मको ३७ दशमलव शुन्य सात किलोमिटर सडक निर्माण गर्न लागिएको हो । तोलाङबाट फिस्लिङसम्म यसअघि नै सामान्यरुपमा सडक निर्माण गरिएको छ । 

सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सान्जी र नेपालको आशिष निर्माण सेवाले पाएका छन् । रु ७८ करोड ९६ लाखको लागतमा सडक निर्माण गर्ने गरी सम्झौता भइसकेको छ । यद्यपि सडकलाई फिस्लिङसम्म जोड्नुपर्ने, कालोपत्रेको चौडाई बढाउनुपर्ने लगायतका कारण नक्साङ्कन फेरबदल हुनसक्ने बताइएको छ । 

ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजालका अनुसार नालीसहितको सडकको चौडाई सात दशमलव २५ मिटर हुनेछ । अहिलेको ठेक्का सम्झौतानुसार तीन दशमलव २५ मिटर फराकिलो कालोपत्रे गर्ने भनिएको छ । यद्यपि सम्झौतामा केही फेरबदल गरी कालोपत्रे पाँच मिटर पुर्याउने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

सो सडकमा दुई ठाउँमा पुल र दुई ठाउँमा कजवे निर्माण गर्नुपर्ने हुन्छ । ती काम भने ठेक्कामा समावेश छैनन् । सडकको चार किलोमिटर बाहेकका ठाउँमा सामान्य बाटो (ट्रयाक) खोलिसकिएको छ । सडकलाई तीन भागमा विभाजन गरेर निर्माणको काम तीब्ररुपमा गरिने रिजालले बताउनुभयो । 

काम गरेको ७३० दिनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । सडकको शिलान्यास समारोहमा सांसद पोखरेलले ग्रामीण क्षेत्रका जनतालाई यो सडक वरदान सावित हुने बताउनुभयो । सो क्षेत्रमा चेपाङ जातिको बाहुल्यता रहेको बताउँदै उहाँले ती जातिको जीवनस्तर उकास्न सडक सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, ठेकेदार कम्पनीका सम्पर्क प्रबन्धक नारायण रिजाललगायतले सो सडक महत्वमाथि प्रकाश पार्नुभयो । सडक शक्तिखोर नगरपालिका र इच्छाकामना गाउँपालिका हुँदै पृथ्वी राजमार्गमा जोडिनेछ । 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङले सो सडकले जिल्लाको पहाडी क्षेत्रको मुहार फेर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण