६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँ र भिमादमा एक सय वर्ष पुरानो पुल मर्मत गरिने

१७ पुष २०७५, मंगलवार ०६:४५

  पुस १७ दमौली (रासस) |  एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ । 

विसं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन् गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो देखाएको हो । नगरपालिकाले पुलको मर्मतका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६० लाख विनियोजन गरिएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्य श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक पुल भएकोले मर्मत गर्दा स्वरुपमा केही परिवर्तन नहुने उहाँले बताउनुभयो । 

झण्डै ५४ मिटर लामो झोलुङ्गे पुल लामो समयदेखि जीर्ण छ । पुरानो लठ्ठा मात्रै बाँकी रहेको पुलमा काठका फट्टा कुहिएका छन् । वडाध्यक्ष श्रेष्ठले पुलको तल्लो भागको लठ्ठा काम नलाग्ने भएकाले नयाँ लठ्ठा राखेर काठको फट्टाको साटो फलामको राख्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक पुलको मर्मतपछि यसकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।” उहाँका अनुसार भिमाद प्रवेशद्वारमा स्वागतद्वार र सेती नदीको बीचमा रहेको शिद्धटापु मन्दिर जाने अर्को नयाँ झोलुङ्गे पुल पनि बनाउन लागिएको छ । 

पुलको आडैमा २०४८ सालमा मोटरेवल पुल निर्माण भएपछि जीर्ण भएको पुलको मर्मत भएको छैन । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले पुलको निर्माण स्थानीय फलाम खानीबाट भएको धेरैलाई जानकारी नभएकाले पुलको मर्मत गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “फलाम खानीबाट बनेको पुलको बारेमा कमैलाई मात्र ज्ञान छ । तसर्थ पुलको मर्मत सम्भार गरेर प्रचारप्रसार गर्ने सोच बनाएका छौँ ।” 

पुलको मर्मत सम्भारका लागि बजेटको अभाव हुन नदिने थापाले बताउनुभयो । चालू आर्थिक वर्षमा बजेट अपुग भए आगामी आवको बजेटमा समेत पुल मर्मतलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो । थापाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीयस्थलको संरक्षण र प्रचारप्रसार गरेर त्यस्ता ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुभयो । भिमाद नगरपालिका, रिसिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका साथै नवलपरासी, स्याङ्जा र पाल्पाका बासिन्दाले २०४८ अघि यही पुल भएर आवतजावत गर्दथे । शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीसमेत हाल बन्द छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता