२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली कागज उद्योग सङ्कटमा

२६ पुष २०७५, बिहीबार ०९:२२

पुस २६, बनेपा | आवश्यक परेका बेलामा कच्चा पदार्थ नपाउने भएपछि वर्षौंदेखि सञ्चालमा रहेको यहाँका नेपाली कागज उद्योग सङ्कटमा परेको छ । 

विसं २०५८ मा दुई जना मिलेर दर्ता गरेर शुरु गरेको फ्रेण्डसीप पेपर उद्योग व्यवसाय कच्चा पदार्थको अभावमा आवश्यक कागज उत्पादन गर्न समस्या भइरहेको सञ्चालक पुरुषोत्तम पौँजुले बताउनुभयो । करीब रु सात लाखमा त्यो बेलामा शुरु गरेको कागज उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ(लोक्ता) हिमाली क्षेत्रमा मात्रै पाइने र त्यहाँबाट ल्याउनलाई समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । “पहाडी जिल्ला इलाम, ताप्लेजुङ र दोलखालगायतका जिल्लाबाट कच्चा पदार्थ ल्याउनु पर्छ, उतै उत्पादन भएको ठाउँमा खपत भई बाँकी रहेको मात्रै हामीलाई पठाउने भएकाले भन्ने वेलामा कच्चा पदार्थ नै पाइदैन”, उहाँले भन्नुभयो, “पहिला ल्याएको सामान सकिन लाग्यो, अहिले अब अलिअलि भएको त्यही सामानले त्पादन गरिरहेका छौँ ।” 

उहाँका अनुसार एक ट्रक ल्याउँदा दुई तीन वर्षसम्मको लागि पुग्छ । “जिल्लास्थित घरेलु तथा साना उद्योगमा उद्योग नवीकरण गर्न जाँदा त्यहाँका प्रमुखले आवश्यक पर्ने कच्चा पदार्थको बारेमा बुझिदिउँला नि भनेर भन्नुभएको थियो, अहिलेसम्म केही प्रतिक्रिया आएको छैन”, पौँजुले भन्नुभयो । 

एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर पछिल्लो समयमा बाहिर देशबाट माग कम आएको कारण पनि उद्योग सञ्चालनमा समस्या पर्न थालेको सञ्चालक बताउँछन् । उद्योगमा वार्षिक रु दुई-तीन लाख कमाइ हुन्छ । सो उद्योगमा दिनको तीन कोरी निस्कन्छ । एक कोरीमा दुई २० वटा पत्र हुन्छ । बढीमा २० जनासम्म कामदारले काम गर्ने उद्योगमा अहिले पर्याप्त कच्चा पदार्थ नभएकै कारण कामदार कम हुँदै गएको जनाएको छ । अहिले १० जनामात्रै कामदारले काम गरिरहेको छ । 

यहाँ उत्पादन भएको कागज अमेरिकालगायतका देशमा निर्यात हुने सञ्चालक पौँजुले बताउनुभयो । “हामीले पाटनस्थित डिफ्रेण्ड इन्टर प्राइजेजलाई दिन्छौँ, त्यहाँबाट विभिन्न रङमा पुनः प्रशोधन गरी बाहिर निर्यात हुन्छ”, उहाँले भन्नुभयो । अझ अहिले त बाहिरबाट पनि मा नआएको कारण उत्पादन गरेर गोदाम गरी राखेको सञ्चालक बताउँछन् । उद्योगमा उत्पादनको काम घट्न थालेपछि कामदार पनि बस्ने कि जाने भन्ने दोधारमा रहेको बताएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य