२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई हस्तान्तरण

२६ पुष २०७५, बिहीबार ११:०४

पुस २६,दमौली | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले २०७२ सालको भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको हो । आज आयोजित कार्यक्रममा जिल्लाका दश स्थानीय तहका प्रमुख-प्रमुख प्रशासकीय अधिकृत र पुनःनिर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्राधिकरण एकाइका निमित्त प्रमुख इञ्जिनीयर दीपेन्द्रकुमार रोहिताले हस्ताक्षर गर्नुभएको छ । 

सहमतिअनुसार प्राधिकरणले नगरपालिका-गाउँपालिकामा इञ्जिनीयर, सवइञ्जिनीयर, असिष्टेन्ट सव इञिजनीयर र डकर्मी आवश्यकताअनुसार खटाउनेछ । प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनःनिर्माणको काममा खटाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहको हुनेछ । 

नगरपालिका-गाउँपालिकाले नगरपालिका-गाउँपालिकाभित्र आवश्यकताअनुसार सम्बन्धित वडामा उल्लेखित जनशक्तिलाई खटनपटन गर्नेछ । विशेष परिस्थिति परेको अवस्थाबाहेक अन्य अवस्थामा उल्लेखित जनशक्तिलाई नगरपालिका-गाउँपालिकाभन्दा अन्यत्र सरुवा गर्दा नगरपालिका-गाउँपालिकाको सहमति लिइने छ । 

सम्बन्धित वडाका वडाध्यक्षको सिफारिशमा नगरपालिका-गाउँपालिकाका प्रमुख-अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेको आधारमा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइले सम्बन्धित कर्मचारीको तलबभत्ता उपलब्ध गराउने सहमति भएको छ । 

प्राधिकरणले कर्मचारी व्यवस्थापन गरेपश्चात् स्थानीय तहमा रहेका सिनियर इञ्जिनीयरबाट प्रमाणीकरण गरेपछि स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले प्रमाणित गरेर निचोड तयार पारिने र प्रमाणित भएर आएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत् भुक्तानी दिने व्यवस्था मिलाइनेछ । नगरपालिका÷गाउँपालिकामा प्राधिकरणबाट खटिएका जनशक्तिलाई आवश्यक कार्यस्थल र फर्निचर सम्बन्धित स्थानीय तहले व्यवस्था गर्नुपर्ने र प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट शर्तसहित एकमुष्ठ सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनेछ । 

सहमतिपत्रमा स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजना गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका-गाउँपालिकामा निकासा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ । 

सहमतिपत्रमा नगरपालिका-गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनःनिर्माण कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने, नगरपालिका-गाउँपालिकामा खटिएका कर्मचारीले पदीय आचरण विपरीत कार्य गरेको भेटिएमा नगरपालिका-गाउँपालिकाले कारवाहीका लागि प्राधिकरणको एकाइलाई सिफारिश गर्ने, निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज प्राधिकरणबाट क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । 

सांसद केदार सिग्देल, प्राधिकरणका कार्यकारी सदस्य धु्रवप्रसाद शर्मा, प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख गणेशराज वस्तीलगायतको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

सो अवसरमा सांसद सिग्देलले पुनःनिर्माणको काम तीव्र गतिमा हुनुपर्ने र सबै जनप्रतिनिधिबीच यसमा एकता हुनुपर्नेमा जोड दिनुभयो । तनहुँ जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएका छन् जसमध्ये ९६ प्रतिशतले पहिलो, ४० प्रतिशतले दोस्रो र १० प्रतिशतले तेस्रो किस्ताबापतको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख इञ्जिनीयर दीपेन्द्रकुमार रोहिताले जानकारी दिनुभयो । उहाँका अनुसार १३ हजार २६८ ले पहिलो, पाँच हजार १९६ ले दोस्रो र एक हजार ३१२ ले तेस्रो किस्ताबापतको रकम बुझेका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य