२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा सहकारीमार्फत सामूहिक आलु र प्याजखेती शुरु

२७ पुष २०७५, शुक्रबार ०८:३८

पुस २७, दमौली | बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् । 

भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र प्याजखेती शुरु गरेको सहकारीका अध्यक्ष काशीराम महतले जानकारी दिनुभयो । उहाँका अनुसार बाँझो रहेको जग्गाको सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउने उद्देश्यले मङ्सिर महीनादेखि सामूहिक आलुखेती गरिएको छ भने पुस २० गतेदेखि प्याजसमेत रोपिएको छ । 

गाउँमा कृषि कर्म गर्ने युवा नहुँदा खेतबारीमा बाँझै रहेकाले जग्गाको सदुपयोग गर्दै आम्दानी गर्ने उद्देश्यसहित सामूहिकरुपमा खेती थालिएको महतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कृषि कर्म गर्ने युवा छैनन् । यस ठाउँका कतिपय युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् भने कतिपय युवा अध्ययनका लागि शहर पुगेका छन् । काम युवा नहुँदा खेतबारी बाँझो रहँदै आएको छ ।” २३ रोपनी जग्गा भाडामा लिएर सामूहिकरुपमा खेती थालिएको कृषि सहकारीका सदस्य वासुराज कडरियाले जानकारी दिनुभयो । 

उहाँका अनुसार १३ रोपनी क्षेत्रफलमा आलु र सात रोपनी क्षेत्रफलमा प्याज रोपिएको छ भने बाँकी जग्गामा केरा, काँक्रोलगायत खेती गर्ने योजना बनाइएको छ । दश वर्षका लागि भाडामा लिइएको जग्गामध्ये १३ रोपनीको वार्षिक रु १५ हजार र १० रोपनीको वार्षिक रु १० हजार भाडा बुझाइने छ । आलुका लागि भानु नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । छ क्विन्टल आलुको बीउ खरीदमा नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोग गरेको थियो भने ५० प्रतिशत रकम सहकारीले व्यहोरेको छ । 

सहकारीमा १० जना पुरुष र ४४ जना महिला आबद्ध छन् । उनीहरुले दैनिक चार घण्टासम्म सामूहिकरुपमा काम गर्ने गरेका छन् । कँडरियाले भन्नुभयो, “सामूहिकरुपमा काम गर्दा सजिलो भएको र सामिप्यतासमेत बढ्ने गरेको छ ।” केरा खेतीका लागि भानु नगरपालिकामा अनुदानका लागि निवेदन दिइएको जानकारी दिँदै उहाँले सामूहिकरुपमा कुखुरापालन र गाईपालन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य