२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा भोजपुरमा दुई सय सत्तरी घर पुनःनिर्माण सम्पन्न

२०७५, ३ माघ बिहीबार ०६:३९

 माघ ३, भोजपुर | जिल्लामा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्माण सम्पन्न भएको हो । 

जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जानकारी दिइएको छ । दुई हजार ५३६ ले दोस्रो किस्ताको बुझिसकेका छन् भने पाँच हजार ७१ ले पहिलो किस्ता बुझेका कार्यालयका नायव सुब्बा हकिृष्ण दाहालले जानकारी दिनुभयो । पुनःनिर्माणअन्तर्गत पहिलो किस्ता लिएर पारिवारिक समस्याको कारण देखाउँदै एक जनाले भने रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । 

चार सय ५३ प्रवलीकरण सङ्ख्या रहेकामा हालसम्म १८४ को सम्झौता भएको र उनीहरुले निकासा लिएको कार्यालयले जनाएको छ । 

स्वेदन तथा पञ्चकर्म उपचार पद्धति 

यहाँ पहिलो पटक स्वेदन तथा पञ्चकर्म चिकित्सा अर्थात् हाडजोर्नी तथा नसासम्बन्धी उपचार पद्धति सञ्चालनमा आएको छ । यस पद्धतिले औषधिसहित वाफको माध्यमबाट बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख दिलीपकुमार झाले जानकारी दिनुभयो । 

यो उपचार पद्धति सञ्चालनमा ल्याइएपछि बिरामीलाई सेवा दिन सहज भएको उहाँको भनाइ छ । उपचार पद्धति उपकरणको बुधबार एक कार्यक्रमका बीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले उद्घाटन गर्नुभएको हो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस