२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहाको बरियारपट्टीमा आर्थिक वर्ष २०७५-७६ को बजेट सार्वजनिक

२०७५, ६ माघ आईतवार १०:५४

माघ ६, लहान | सिरहाको वरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि करीब रु. ३४ करोड ६१ लाख बढीको बजेट पारित गरेको छ । दोश्रो गाउँ सभाबाट आर्थिक वर्ष २०७५-७६ का लागि रु ३४ करोड ६१ लाख ९० हजारको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले जानकारी दिनुभयो । 

कुल आयमध्ये गाउँ कार्यपालिकाको प्रशासनिक र कार्यक्रम खर्च, विद्यालय र स्वास्थ्य संस्थाको प्रशासनिक र कार्यक्रम खर्च एवं सामाजिक सुरक्षा भत्ता, अन्य निकायबाट चालु प्रकृतिको बजेट गरी कुल चालु खर्चतर्पm रु १७ करोड ८५ लाख १९ हजार र कुल अनुमानित आयबाट कुल चालु खर्च विनियोजनपश्चात् बाँकी रहेको रकमबाट भौतिक पूर्वाधारको लागि बरियारपट्टी गाउँपालिकाको पाँचै वडामा पूर्वाधार विकासलगायत अन्य कार्यमा रु दुई करोड ३४ लाख ५० हजारबाट वडा समितिले गाउँपालिकामा पठाइएको आधारमा वडा तहमै विनियोजन गर्ने व्यवस्था मिलाएको जनाएको छ । 

वडा तहबाट प्राप्त भएका गाउँस्तरीय योजनाहरुको लागि रु सात करोड ४६ लाख ७५ हजार र गाउँपालिकाको लागि ठूला उपकरणलगायत पूँजीगत कार्यक्रमका लागि रु चार करोड ३१ लाख ९० हजार, कृषि विकास कार्यक्रममा रु ४९ लाख ७५ हजार पशु विकास कार्यक्रमको रु २० लाख, सडक बोर्डको रु १० लाख, तराई मधेश कार्यक्रमको रु एक करोड पाँच लाख ५० हजार गरी पूँजीगत खर्च तर्पm रु १६ करोड ७६ लाख ७१ हजार बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस