६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहाको बरियारपट्टीमा आर्थिक वर्ष २०७५-७६ को बजेट सार्वजनिक

६ माघ २०७५, आईतवार १०:५४

माघ ६, लहान | सिरहाको वरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि करीब रु. ३४ करोड ६१ लाख बढीको बजेट पारित गरेको छ । दोश्रो गाउँ सभाबाट आर्थिक वर्ष २०७५-७६ का लागि रु ३४ करोड ६१ लाख ९० हजारको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले जानकारी दिनुभयो । 

कुल आयमध्ये गाउँ कार्यपालिकाको प्रशासनिक र कार्यक्रम खर्च, विद्यालय र स्वास्थ्य संस्थाको प्रशासनिक र कार्यक्रम खर्च एवं सामाजिक सुरक्षा भत्ता, अन्य निकायबाट चालु प्रकृतिको बजेट गरी कुल चालु खर्चतर्पm रु १७ करोड ८५ लाख १९ हजार र कुल अनुमानित आयबाट कुल चालु खर्च विनियोजनपश्चात् बाँकी रहेको रकमबाट भौतिक पूर्वाधारको लागि बरियारपट्टी गाउँपालिकाको पाँचै वडामा पूर्वाधार विकासलगायत अन्य कार्यमा रु दुई करोड ३४ लाख ५० हजारबाट वडा समितिले गाउँपालिकामा पठाइएको आधारमा वडा तहमै विनियोजन गर्ने व्यवस्था मिलाएको जनाएको छ । 

वडा तहबाट प्राप्त भएका गाउँस्तरीय योजनाहरुको लागि रु सात करोड ४६ लाख ७५ हजार र गाउँपालिकाको लागि ठूला उपकरणलगायत पूँजीगत कार्यक्रमका लागि रु चार करोड ३१ लाख ९० हजार, कृषि विकास कार्यक्रममा रु ४९ लाख ७५ हजार पशु विकास कार्यक्रमको रु २० लाख, सडक बोर्डको रु १० लाख, तराई मधेश कार्यक्रमको रु एक करोड पाँच लाख ५० हजार गरी पूँजीगत खर्च तर्पm रु १६ करोड ७६ लाख ७१ हजार बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का