२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा छ महीनामा सरकारी औषधाललयबाट एक करोड ८१ लाख नाफा

२०७५, ८ माघ मंगलवार १०:३६

नारायण अधिकारी | माघ ८, चितवन | भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ । 

अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ महीनामा रु छ करोड १५ लाख ६० हजार बराबरको औषधि बिक्री गरिएको थियो । अस्पतालले गत आर्थिक वर्षमा रु नौ करोड ५० लाख २८ हजार बराबरको औषधि बिक्री गरी रु दुई करोड ६० लाख ८० हजार नाफा गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेलका अनुसार अस्पतालले बोलपत्र आह्वान गरी औषधि खरीद गर्दै आएकाले सेवाग्राहीलाई निजी क्षेत्रको औषधालयभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सकेको हो । उहाँले भन्नुभयो, “अस्पतालले जति नाफा राख्छ त्यतिनै बराबरको सेवाग्राहीको रकम बचत हुन्छ ।” बाहिरी औषधालयमा भन्दा ३० प्रतिशतसम्म छुटमा अस्पतालले औषधि बिक्री गर्दै आएको छ । 

बिरामीको चाप बढ्दै गएपछि अन्तरङ्ग विभागमा शल्यक्रिया, सघन उपचार कक्ष र पोष्टअपका लागि औषधालय थप गरिएको छ । अस्पतालले पछिल्लोसहित तीनवटा औषधालय सञ्चालनमा ल्याएको छ । सरकारले तीन वर्षअघि आफ्नै औषधालय सञ्चालन गर्न निर्देशन दिएसँगै भरतपुर अस्पतालले औषधालय सञ्चालन गरेको थियो । 

छ सय श्ययाको उक्त अस्पतालमा दैनिक एक हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने गर्छन् । 

माडीवासीलाई सहज बनाउँदै निकुञ्ज 

चितवन राष्ट्रिय निकुञ्जका कारण जीवनयापनमा समस्या भोग्दै आएका माडीवासीको माग सम्बोधन गर्दै वन्यजन्तु संरक्षण विभागको निर्देशनमा निकुञ्जले स्थानीयवासीलाई सुबिधा दिन थालेको छ । 

हालै मात्र माडी नगरपालिकाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सहित सरोकारवाला निकायसँग निकुञ्जका कारण विभिन्न समस्या भोग्नु परेको भन्दै मागपत्र पेश गरेकाले विभागले निकुञ्ज कार्यालयलाई परिपत्र गर्दै विभिन्न पाँचवटा कार्यमा सहजता अपनाउन निर्देशन दिएको हो । 

नयाँ परिपत्रअनुसार माडी नगरपालिका–९ स्थित बाँदरझुलासम्म सवारी साधान सञ्चालन गर्न पाइने भएको छ । ठोरी र निर्मल बस्तीका बासिन्दाको आवागमनमा प्रयोग हुने सवारी साधनमा लाग्ने दस्तुरसमेत मिनाह गरिएको छ । यसअघि सो बस्तीमा सवारी आवागमनमा रोक लगाइएको थियो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालकाअनुसार हाल भइरहेको सुरक्षा जाँचलाई थप मर्यादित र व्यवस्थित बनाउनाका साथै माडीका बासिन्दाले घरमा काटेको हाँस, कुखुरा, खसी तथा माछा निकुञ्ज हुँदै भरतपुरतर्फ ल्याउन लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । 

यसैगरी राति १० बजेपछि आकस्मिक अवस्थामा एम्बुलेन्ससहित चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न दिने, स्थानीयवासीले प्रयोग गरिरहेको र निर्माण गरेको घरायसी प्रयोजनको फर्निचरलाई आवश्यक प्रमाण पुग्ने कागजात बनाएर ओसापसार गर्न दिइने भएको छ । 

विभागले निकुञ्ज कार्यालयलाई सोमबार परिपत्र गरी सो व्यवस्था गर्न निर्देशन दिएकोे प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भन्नुभयो, “विभागले गरेको परिपत्रमा आफूहरुको मागको एउटा बुँदा मात्र समेटिएको बताउनुभयो ।” उहाँले माडीमा निर्माण रोकिएका नौ वटा पुलको निर्माण इजाजत दिन, खोलाको गिट्टी बालुवाको कर, मध्यवर्ती वनको काठको स्वामित्वलगायत महत्वपूर्ण मागबारे सम्बोधन हुन नसकेको बताउनुभयो । 

माडीवासीको माग पूरा नभए आमरण अनशन बस्ने भन्दै उहाँलगायतको प्रतिनिधिमण्डलले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको थियो । सदरमुकाम भरतपुरबाट उत्तरमा रहेको माडी जानका लागि निकुञ्जको वन क्षेत्र पार गरेर आवतजावत गर्नुपर्दछ । विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले निकुञ्जको ऐन कानून कडा हुँदा माडीवासीले सास्ती बेहोर्नाका साथै वन्यजन्तुका कारण धनजनको क्षतिसमेत भोग्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण