६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहामा क्यान्सर अस्पताल स्थापनाको सम्भाव्यता अध्ययन शुरु

१४ माघ २०७५, सोमबार ०६:४७

माघ १४, लहान | सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ । 

सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ । 

क्यान्सर अस्पताल सम्भाव्यता अध्ययन टोलीले क्यान्सर अस्पतालको लागि २० देखि २५ बिगाहा जग्गा, ठूलो जनसङ्ख्या हुनुपर्ने, यातायातको सुविधा र बस्ने सुविधालगायत हुनुपर्ने भन्दै त्यस्तो ठाउँको चयन गर्नुपर्ने जनाएको थियो । 

समितिले करीब रु १० अर्बको लगानीमा अस्पताल भवन निर्माण हुने खाका तयार गरी त्यसका लागि जग्गाको छनोट, पूर्वाधारको व्यवस्थापन, आवतजावतका लागि प्रशस्त मार्ग, जनघनत्व, स्वास्थ्यकर्मीको बसोवासलगायतका विषयमा अध्ययन गरिरहेको संयोजक डा सिंहले जानकारी दिनुभयो । 

स्थलगत अध्ययन-अवलोकन, अस्पतालका लागि वर्तमान ऐन–नियमको अध्ययन तथा सरोकारवालासँग छलफल गरी अस्पताल निर्माण गर्न उपयुक्त स्थानको सिफारिस गर्ने उहाँको कथन छ । 

प्रदेश नं ३ मा रहेको भरतपुर क्यान्सर अस्पतालमा रहेका करीब १५ हजार क्यान्सरका बिरामीमध्ये ४० देखि ५० प्रतिशत बिरामी प्रदेश नं २ का रहेको सिंहले बताउनुभयो । 

बिरामीको चाप र सर्वसाधारणको सहजतालाई मध्यनजर गरी प्रदेश नं २ मा क्यान्सर अस्पताल निर्माण गर्ने योजना बनाएको संयोजक डा सिंहले बताउनुभयो । 

अध्ययन कार्यदलद्वारा आयोजित छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी लगायतले प्रदेशको उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसअघि सिरहाको कर्जन्हा नगरपालिकामा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालले आफ्नो शाखा विस्तार गर्ने कार्य अगाडि बढाइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु