२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा पाँच करोडमा पार्क निर्माण गरिने

२०७५, १८ माघ शुक्रबार ०८:१६

माघ १८, दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा रु पाँच करोडको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ । 

यसअघि फुटबल मैदानका रुपमा रहेको व्यास नगरपालिका वडा नं ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रूपमा विकास गर्न लागेको वडा नं ३ का सदस्य रविन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिको मैदानलाई खेल मैदान बनाएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको हो ।” 

पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्ने उहाँले जानकारी दिनुभयो । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत अध्ययन भएपछि पार्क निर्माण गर्ने जानकारी दिँदै भन्नुभयो, “यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।” 

प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ 

म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन तथा पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गर्ने भएको छ । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञ गर्न लागिएको विद्यालयले जनाएको छ । 

प्राविधिक शिक्षा पढ्नका लागि यहाँका बालबालिका पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गरी यही नै यस्तो सुविधा उपलब्ध गराउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस क्षेत्रमा प्राविधिक शिक्षाको माग छ, यहाँका बालबालिका प्राविधिक शिक्षा पढ्नका लागि अन्यत्र जानु नपरोस् भनेर प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञमार्फत रकम सङ्कलन गर्न लागेको हौँ ।” महायज्ञका लागि १०८ सदस्यीय मूल समारोह समिति र ५२ विभिन्न उपसमिति गठन गरिएको छ । 

महायज्ञबाट करीब रु तीन करोड सङ्कलन गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ । बालयोगेश्वर महाराज प्रमुख वाचक रहने महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्तीलगायत कार्यक्रम सञ्चालन हुनेछन् । महायज्ञमा दान दिने दानवीरलाई सम्मान गरिने विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस