६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा पाँच करोडमा पार्क निर्माण गरिने

१८ माघ २०७५, शुक्रबार ०८:१६

माघ १८, दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा रु पाँच करोडको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ । 

यसअघि फुटबल मैदानका रुपमा रहेको व्यास नगरपालिका वडा नं ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रूपमा विकास गर्न लागेको वडा नं ३ का सदस्य रविन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिको मैदानलाई खेल मैदान बनाएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको हो ।” 

पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्ने उहाँले जानकारी दिनुभयो । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत अध्ययन भएपछि पार्क निर्माण गर्ने जानकारी दिँदै भन्नुभयो, “यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।” 

प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ 

म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन तथा पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गर्ने भएको छ । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञ गर्न लागिएको विद्यालयले जनाएको छ । 

प्राविधिक शिक्षा पढ्नका लागि यहाँका बालबालिका पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गरी यही नै यस्तो सुविधा उपलब्ध गराउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस क्षेत्रमा प्राविधिक शिक्षाको माग छ, यहाँका बालबालिका प्राविधिक शिक्षा पढ्नका लागि अन्यत्र जानु नपरोस् भनेर प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञमार्फत रकम सङ्कलन गर्न लागेको हौँ ।” महायज्ञका लागि १०८ सदस्यीय मूल समारोह समिति र ५२ विभिन्न उपसमिति गठन गरिएको छ । 

महायज्ञबाट करीब रु तीन करोड सङ्कलन गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ । बालयोगेश्वर महाराज प्रमुख वाचक रहने महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्तीलगायत कार्यक्रम सञ्चालन हुनेछन् । महायज्ञमा दान दिने दानवीरलाई सम्मान गरिने विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प