६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रत्येक घरमा धारा

२२ माघ २०७५, मंगलवार ०२:०३

माघ २२, जुम्ला (रासस) | सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो । 

स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्टौँ समय लाग्ने गर्दथ्यो, तर सबैका घरमा धारा भएपछि सहज भएको छ । उहाँले भन्नुभयो, “पानी भर्न महिलाको समय धेरै पर्खेरै जान्थ्यो, अहिले त्यो समस्याबाट मुक्ति मिलेको र कार्यबोझ घटेको छ ।” 

माथिकुडुका स्थानीय देवेन्द्र शाहीका अनुसार हरेक घरमा पानीका धारा भएपछि खानेपानी सहज उपलब्ध भएर सबैका करेसाबारीमा पनि सिँचाइ गर्न थालिएको छ । हिमा गाउँपालिका– ७ माथिकुडुमा ७८ घरधुरीमा रु ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत हरिगोपाल चौलागाईँले बताउनुभयो ।सोही गाउँपालिका–३ जोगीवाडामा ८२ घरधुरीमा रु ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउदै आएको उहाँले बताउनुभयो । 

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाका अनुसार हरेक घरमा धारा भएपछि महिलाको कार्यबोझमा न्यूनीकरण आएको छ । गाउँपालिकाकाले सबै घरमा एक घर, एक धारा निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडामा योजना सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प