६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेलौरी नगरपालिकासंग समन्वय गर्न महाकाली उखु किसान हकहित संरक्षण समितिलाई आग्रह

२४ माघ २०७५, बिहीबार १६:२९

माघ २४, बेलौरी | बेलौरी नगरपालिका कार्यालयले समुन्वय का लागी अनुरोध गरेको छ । नगरपालिकाले महाकाली उखु किसान हकहित संरक्षण समिति बेलौरी लाई पत्राचार गरी समुन्वय का लागी अनुरोध गरेको हो । 

समिति ले बर्षौ देखि किसानका नाममा बिकास निर्माण गर्ने भनी किसान बाट उखु प्रति क्विन्टल १ रुपैंयाँ  र महाकाली सुगर मिल बाट प्रति क्विन्टल रु.१ गरी क्विन्टलमा जम्मा २ रुपैयाँ उठाँउने गरेको खुलासा भएको छ । तर बिकासको निउँ पारेर गरिब निमुखा किसान बाट पैसा उठाँउनु निन्दनिय कार्य भएको र सडक निर्माणको सवालमा बालुवामा पानी हाले झै देखिएको स्थानिय किसानहरुको गुनासो छ भने अर्कोतर्फ स्थानिय सरकार संग कुनै समुन्वय नै नगरी बिकासको अपवाह महाकाली उखु किसान हकहित संरक्षण समिति लाई तत्काल समितिको बार्षिक बिकासे बजेट सार्वजनिक गरी समुन्वय मा आउन बेलौरी नगरपालिका कार्यपालिका को यहि माघ २१ को निर्णय अनुसार समितिलाई पत्राचार गरिएको पत्रमा उल्लेख छ । 

बेलौरी नगरपालिका का नगर प्रमुख पोतीलाल चौधरी द्धारा हस्ताक्षरित पत्रमा भनिएको छ नगरपालिका ले बिकास निर्माण र सडक मर्मत सम्भार सम्बन्धि बजेट बिगत देखि सबै वडाहरुमा पठाउने गरेको छ । उता संरक्षण समिति संग विभिन्न बिकासे योजनाहरु दोहोरीन नदिन नगरपालिका संग समुन्वय गरी खर्चमा एकरुपता कायम गर्न अनुरोध गरिएको हो । अर्को तर्फ महाकाली सुगर मिल ले नेपाल सरकारले तोकेको दररेट अनुसार किसानहरुलाई रकम भुक्तानी नदिएको र भुक्तानी पाउन पनि महिनौ कुर्नु पर्ने जन गुनासो आईरहेको छ  । तर नेपाल सरकारको यहि पौष १६ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार उखु प्रति क्विन्टल रु ५३६ र ५५६ कायम गरिएको छ ।

बेलौरी नगरपालिका का नगर प्रमुख चौधरी भन्दछन तत्काल सुगर मिलले नेपाल सरकारले तोके बमोजिमको दरभाउ कायम गर्नु पर्दछ । र सोहि अनुसार भुक्तानीको व्यवस्था गर्नु पर्दछ । तर यहाँका किसानले बर्षौ देखि खेपिरहेको दोहोरो मर्का प्रति गम्भीर ध्यानाकर्षण भएको छ । फेरि चौधरी भन्नुहुन्छ उखु किसान हकहित संरक्षण समिति बेलौरीले ठोस कदम चाल्न नसक्दा दोहोरो कर तिरिरहेका उखु कृषक मर्कामा परेका छन् । केहिदिन अगाडि समितिले सुगरमिल संग एकलौटि सहमति गरेको भन्ने सुनियो । तर नगरपालिका संग कुनै समुन्वय नै छैन । अब हामी किसानलाई मर्कामा पर्नदिने छैनौं यस बिषयमा हामी चिन्तत र पहलरत छौं ।  

बेलौरी नगरपालिका ५ भकुण्डाका एक उखु किसान भन्छन स्थानिय तहमा पछिल्लो समयमा बिकासका बिभिन्न योजना तथा कार्यक्रमहरु स्थानिय सरकारले गर्दै आईरहेको छ तर यता गरिब किसानको पसिनालाई समितिले कमाई खाने भाँडाको रुपमा प्रयोग गरेको ठहरिन्छ । न त सुगर मिल ले भाउ दिन्छ न त समितिले न्याय दिन्छ । 

तसर्थ यस्ता समस्याको निदान गरि सुगर मिलले उखुको मुल्य नेपाल सरकारले तोकेबमोजिम कायम गर्न र उखु किसान हकहित संरक्षण समितिलाई स्थानिय सरकार बेलौरी नगरपालिका कार्यालय संग समुन्वय गर्न आग्रह गरिएको छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै