६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरमा रु दुई अर्ब राजश्व असुली

३ फाल्गुन २०७५, शुक्रबार ०४:३२

फागुन ३, हेटौँडा (रासस) | प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ । 

सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी रु एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार राजश्व असुली गरेको छ । यसैगरी आयकरतर्फ रु ४२ करोड चार लाख २५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ३२ करोड ९८ लाख ९३ हजार, ब्याज करतर्फ रु २५ लाख ५२ हजार ४००, घर बहालतर्फ रु १५ लाख ९३ हजार असुली भएको छ । 

स्वास्थ्य करतर्फ रु १० लाख १३ हजार ४०० र शिक्षा करतर्फ रु १८ लाख ९७ हजार राजश्व असुली गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी (चुरोट) उद्योग प्रालिले सबैभन्दा बढी राजश्व रु ६१ करोड ९० लाख र एशियन पेन्ट्स प्रालिले रु २६ करोड ९१ लाख राजश्व बुझाएको छ । 

यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट रु २२ करोड ९३ लाख, युनिलिभर प्रालिबाट रु ११ करोड २० लाख र शिवम् सिमेन्ट उद्योगबाट रु आठ करोड सात लाख राजश्व प्राप्त भएको छ । 

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये रु ८९ करोड ६० लाख राजश्वमा थप असुली गरिएको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले राससलाई जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प