६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माणाधीन पुलको निरीक्षण

८ फाल्गुन २०७५, बुधबार ०६:०८

फागुन ८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको आज बिहान स्थलगत निरीक्षण गर्नुभएको छ । 

पुलसँगै निर्माण भइरहेको पहुँचमार्ग र उक्त मार्गमा बनिरहेका पुलको समेत निरीक्षणपछि मन्त्री महासेठले निर्माण कम्पनीलाई काममा गति दिन निर्देशन दिनुभएको छ । भीमदत्तनगरपालिका–११, १२ र १३ का स्थानीयले पहुँच मार्ग निर्माणका क्रममा ऐलानी जग्गा भोगचलन गर्दै आएकालाई मुआब्जा तथा क्षतिपूर्ति दिन मन्त्रीसमक्ष माग गरेका छन् । 

स्थानीयवासीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महासेठले ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयलाई सरकारले उचित क्षतिपूर्ति दिने गृहकार्य गरिरहेको बताउनुभयो । “तपाईहरु ढुक्क हुनुस् मुआब्जाको विषय मन्त्रिपरिषद्मा पेश गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “विकास निर्माणका काममा तपाईहरुले पनि भरपुर सहयोग गर्नुपर्छ ।” 

पुर्जा नभएका वर्षौंदेखि बस्दै आएका स्थानीयलाई मुआब्जा दिन नीति बनाउन मन्त्रिपरिषद्मा छलफलको चरणमा रहेको छ । महाकालीको तटीय क्षेत्रमा २०२२ सालदेखि ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले मन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । 

मन्त्री महासेठसँगै पुल निर्माणस्थलको निरीक्षणका लागि मन्त्रालयका सचिव मधुसुधन अधिकारीलगायत विभागका उच्च पदस्थ अधिकारी यहाँ आउनुभएको थियो । पहुँच मार्गमा पर्ने ऐलानी जग्गा र घरको क्षतिपूर्तिको विषय नटुङ्गिँदा सडक निर्माणको काममा ढिलाइ हँुदै आएको निर्माण कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प