२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पा : दश बुँदे घोषणापत्र जारी

२०७५, १२ फाल्गुन आईतवार ०९:२२

फागुन १२, रोल्पा (रासस) | रोल्पा रुन्टीगढी विकास सम्मेलनले १० बुंदे घोषणापत्र जारी गरेको छ । समृद्धिका लागि साझेदारी भन्ने नारासहित फागुन १० र ११ गते रोल्पाको होलेरीमा सम्पन्न विकास सम्मेलनले होलेरी र त्यस आसपासका क्षेत्रको समेत विकासमा जोड दिने गरी घोषणापत्र जारी गरेको हो ।

स्थानीय सरकार गठनपछि पहिलो पटक आयोजित उक्त विकास सम्मेलनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै अन्य विकास साझेदारको सहभागितामा सो घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा विकासको मेरुदण्डका रूपमा शहीदमार्गलाई प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ । 

जारी घोषणापत्रमा स्वर्गद्वारी महाप्रभुको जीवनीसँग जोडिएका सम्भावनालाई उजागर गरी सदुपयोग गर्ने, रुन्टीगढी गाउँपालिकाभित्रको भौतिक सामिप्यता र व्यापारिक सम्बन्ध भएका अन्य गाउँपालिकासँग सहकार्य गरी त्यसको लाभ सबैले पाउने व्यवस्था गर्ने, गाउँपालिकाभित्र विद्यमान आर्थिक, सांस्कृतिक सम्पदालाई स्वर्गद्वारी अन्य पर्यटकीयस्थलसँग आवद्ध गरी पर्यटन विकासमा पहल गर्ने रहेको छ । घोषणापत्रमा सामाजिक र भौतिक विकासलाई सघाउने, जलवायु परिवर्तन र दिगो विकासमा ध्यान दिने, विकासको प्रतिफलमा जनतालाई सन्तुष्ट बनाउने गरी योजना तय गर्ने, होलेरी पर्यटन विकासका लागि जनशक्ति विकास गर्ने लगायत घोषणापत्रमा समेटिएका छन् । 

तत्कालीन माओवादीले दश वर्षे सशस्त्र युद्धको घोषणा गर्दा सोही स्थानको प्रहरी चौकीमा आक्रमण भएपछि होलेरी एकाएक चर्चामा आएको थियो । सोही स्थानबाट विकासको वहस थालनी हुनुले देश अब समृद्धिको दिशातर्फ अघि बढेको सम्मेलनमा बोल्ने वक्ताहरुको धारणा थियो । 

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले होलेरी क्षेत्रबाट पहिलो पटक जनयुद्ध शुरु भएकाले यस क्षेत्रलाई युद्ध पर्यटनको रूपमा विकास गर्न सकिने बताउनुभयो । हिलस्टेशन, कृषि ‘हब’ र पर्यटकीय क्षेत्र स्वर्गद्वारीसँग होेलेरीलाई जोड्न सके यस क्षेत्रको विकास र समृद्धि हुने मन्त्री पुनको भनाइ थियो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, राष्ट्रियसभा सदस्य मीना बुढालगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा प्रदेश योजना आयोगका पदाधिकारी, पर्यटन र विकासका जानकारसमेतको उपस्थिति रहेको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस