2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२९ लाख चन्दा सङ्कलन गरी मन्दिर पुनःनिर्माण

फागुन २३, गोरखा । शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सन्तानेश्वर महादेव मन्दिर चन्दा सङ्कलन गरी निर्माण गरिएको छ । 

भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको उक्त मन्दिर त्यहाँका युवाले रु २९ लाख चन्दा सङ्कलन गरी निर्माण गरेको स्थानीयवासी उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त मन्दिर निर्माणका लागि कसैले पनि चासो नदिएकाले स्थानीय युवाले एक समिति गठन गरी रकम सङ्कलन अभियान सञ्चालन गरेका थिए । “सो अभियानमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रु २९ लाख सङ्कलन भयो” उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि पुनःनिर्माणका लागि रु १० लाख प्रदान गरेकाले मन्दिर निर्माण गर्न सजिलो भयो ।” 

विसं २०७४ कात्तिकदेखि सामाजिक सञ्जाल (फेसबुक)देखि सो अभियान सञ्चालन शुरु गरिएको र मन्दिर १७ महीनामा निर्माण गरिएको वडाध्यक्ष काशीनाथ अम्गाईंले जानकारी दिनुभयो । पुनःनिर्माण पछि पूजाआजा पनि शुरु गरिएको उहाँको भनाइ थियो । 

मन्दिर पुनःनिर्माणका लागि कूल रु ४५ लाख खर्च भएकाले अझै थप रु छ लाख अपुग भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “करीब रु छ लाख जति अपुग रकम मन्दिरमा आउने श्रद्धालु भक्तजनले चढाउने भेटी सङ्कलन गर्ने तयारी गरेका छौँ ।” 

निर्मित मन्दिरको चारैतिर ढोका हालेर राखिएको छ भने मन्दिरको छानामा तामाको जलप लगाई भकिझकाउ पारिएको छ । मन्दिर पुनःनिर्माणसँगै प्रचार–प्रसार पनि गरेर त्यहाँ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य आफूहरुको रहेको मन्दिर निर्माण समितिका संयोजक राजनबाबु श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता