२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँको बन्दीपुरमा केबलकारका लागि पूर्वाधार बन्दै, के-के छन् योजनामा ?

२०७५, २८ फाल्गुन मंगलवार ०७:४७

कृष्ण न्यौपाने | फागुन २८, दमौली (रासस) | तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । 

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले निर्माण शुरु गरेको केबलकारको काम अहिले धमाधम अगाडि बढिरहेको छ । केबलकारको साझेदारी कम्पनीमा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड, बन्दीपुर गाउँपालिका र स्थानीय समुदाय छन् । 

केबलकारको समग्र वृहत् परियोजनामा कम्पनीले रु एक अर्ब २८ करोड लगानी गर्ने योजना बनाएको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारको टावरका लागि पिल्लर खन्ने काम चलिरहेको छ भने ल्याण्डविण्डिङ र बाटो विस्तारको काम सकिएको छ । प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणसमेत जडान गर्ने योजना थप गरेको उहाँले जानकारी दिनुभयो । 

कम्पनीले बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न नौतले सुविधासम्पन्न आधुनिक कम्पलेक्स निर्माण गर्नेछ । कम्पलेक्सभित्र रुफटपमा आधुनिक भ्यूटावर, नवौँ तलामा बेनक्युट हल निर्माण गरिनेछ भने आठौँ, सातौँ, छैटौँ, पाँचौँ र चौथो तलामा सुविधासम्पन्न ८० कोठाको स्तरीय होटल निर्माण गरिनेछ । शर्माका अनुसार तेस्रो तलामा रेष्ट्रोजोन, दोस्रो तलामा सपिङमल र पहिलो तलामा केबलकारको स्टेशन, टिकट काउन्टर र उत्तरदक्षिण प्यासेज निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण हुने भवनका लागि रु ४५ करोड लाग्ने अनुमान गरिएको छ । 

बन्दीपुरको पर्यटनलाई प्रवद्र्धन गर्न कृत्रिम तालमा रात्रिकालीन लाइटिङ वाटर म्युजिकल सांस्कृतिक शो देखाउन उपकरण जोड्नका लागि गाउँपालिकासँग छलफल अगाडि बढाइएको शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर गाउँपालिकाले बनाउन लागेको कृत्रिम ताललाई आकर्षणयुक्त बनाउन कम्पनीले त्यसमा केही उपकरण जोड्नका लागि गाउँपालिकासँग सहकार्यको प्रस्ताव गरेको छ ।” 

साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले बताउनुभयो । यसलाई लागू गर्नका लागि कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीको रूपमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र सबै पक्षलाई वर्गीकरण गरेर साना लगानीकर्तालाई समेत पर्यटन सहकारी बनाएर यसमार्फत शेयर दिने कम्पनीले जनाएको छ । केबलकार निर्माणको कामलाई २०७६ चैतसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने र बाँकी पूर्वाधार साढे दुई वर्षमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले परियोजनामा साझेदारी गर्नका लागि सम्पूर्ण तनहुँवासीलाई अनुरोध गरेको छ । 

बारीबाटै गोलभेँडा बिक्री 

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थाल्नुभएको छ । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहनुभएका उहाँ अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित हुनुभएको छ । 

विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती गर्नुभएका उहाँ अहिले बारीबाटै गोलभेँडा खोसाखोस हुन थालेपछि खेती विस्तारको अभियानमा लाग्नुभएको छ । उहाँले भन्नुभयो, “शुरुआती चरण भएकाले धेरै गोलभेँडा लगाएको थिइनँ, अहिले गाउँमै गोलभेँडाको माग बढी भएपछि गोलभँेडा खेती विस्तार गर्ने तयारी गरेको छु ।” 

उहाँले बारीबाटै प्रतिकिलो रु ५० का दरले २०० किलोभन्दा बढी गोलभेँडा बिक्री भएको बताउनुभयो । “बारीमा गोलभेँडा पाक्न नपाउँदै हरेक दिन गाउँले किन्न आइहाल्छन् । गाउँलेलाई गोलभेँडा पु¥याउन पनि हम्मेहम्मे परिरहेको छ”, गुरुङले भन्नुभयो । उहाँले यस वर्ष सिर्जनशील जातको गोलभेँडा २०० बोट मात्र लगाउनुभएको थियो । पहिलोपटकको खेती भएकाले परीक्षणको लागि थोरै मात्र गोलभँेडा लगाएको उहाँले बताउनुभयो । “बजार र आम्दानीको सुनिश्चितता नभएकाले त्यति धेरै गोलभेँडा लगाइनँ, माग उच्च भयो, अब विस्तार गर्दैछु”, गुरुङले भन्नुभयो । 

गाउँमै गोलभँेडा खोसाखोस हुन थालेपछि उत्साहित हुनुभएका गुरुङले अर्काे याममा गोलभँेडा खेतीलाई थप विस्तार गर्ने योजना बनाउनुभएको छ । उहाँ चारपटक वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देश पुग्नुभएको थियो । विदेशमा गएर केही उपलब्धि नभएपछि गाउँमै परिश्रम गर्ने उद्देश्यसहित फर्किनुभएको हो । गरुङले बाख्रापालनसमेत थाल्नु भएको छ । विदेश जानुभन्दा गाउँमै सानो लगानी र कम जोखिममा तरकारी खेती र बाख्रापालन गर्नु उत्तम भएको उहाँको भनाइ छ । 

गुरुङले स्थानीय जातका २० बाख्रा पाल्नुभएको छ । शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले गाउँमा उद्यमशील बन्न चाहने युवालाई वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो । सबै युवा गुरुङले जस्तै सकारात्मक सोच राखेर गाउँमा नै उत्पादनमूलक काममा लाग्ने हो भने देश समृद्ध बन्न धेरै समय नलाग्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस