२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

२०७५, ६ चैत्र बुधबार ०२:०९

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । 

मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको छ । 

मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले राष्ट्रिय गौरवका आयोजनामा यस आवमा विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयमा थप रकमको माग गरिएको बताउनुभयो । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग दु्रतगतिमा निर्माणकार्य भइरहेकाले अर्थ मन्त्रालयमा थप रकम माग भएको हो । 

पछिल्लो एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल (खण्डस्मित) भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौँडा खण्डमा १०३ किलोमिटरमा ग्राभेल सम्पन्न भएको छ । यस अवधिमा ७२१ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । मन्त्री महासेठले भन्नुभयो, “कालीगण्डकी करिडोर, कोशी सडक, हिल्सा सिमीकोटलगायतका ठाउँमा ट्र्याक खोल्ने काम भएको छ ।” 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वरदेखि नागढुङ्गा सडक आगामी एक महीनामा, चावहिलदेखि साँखु सडक आगामी दुई महीनामा सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ । 

विगतका वर्षहरुमा भन्दा यो वर्ष झण्डै दोब्बर सडक, पुलको निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । एक वर्षमा ४०/५० पुलको मात्रै निर्माण हुने गरेकामा यो वर्ष ९४ पुलको निर्माण सम्पन्न भएको हो । आगामी वर्ष २०० पुल निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ । उहाँले भन्नुभयो, “तीन सय पुल सक्ने लक्ष्य लिइनेछ, कम्तीमा २०० सम्पन्न हुनेछ ।” 

यो एक वर्षमा यातायातका क्षेत्रमा उल्लेखनीय काम भएको मन्त्री महासेठले औँल्याउनुभयो । ‘सिण्डिकेट’को अन्त्य भएकाले यात्रुलाई सहज भएको उहाँले बताउनुभयो । सवारीसाधनमा यात्रु झुण्डिएर यात्रा गर्नुलाई कतिपयले ‘सिण्डिकेट’ अन्त्य नभएको भन्ने गरेको उहाँले बताउनुभयो । सार्वजनिक सवारी जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाका रूपमा दर्ता हुँदै आएकामा अहिले कम्पनीमा दर्ता भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारीमा व्यवसायीको एकाधिकार तोडिनु नै उपलब्धि हो ।” 

छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नौ सय ४५ किलोमिटर लम्बाइको मेची– महाकाली रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रो रेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार छिमेकी देशसँग जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “केरुङ–काठमाडौँ रेलमार्गको चीन र वीरगञ्ज–काठमाडौँ रेलमार्ग भारत सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको छ ।” 

जल यातायाततर्फ नेपाल पानीजहाज कार्यालयको स्थापना भएको छ । कोशी र गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । 

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ सडकमा सुधारको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा धुलो कम गर्ने काम भइरहेको छ । सडक बत्ती व्यवस्थापन र सडक चिह्नलगायतका काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक ठाउँमा जेब्राक्रसिङ बनाउनेलगायतका काम भइरहेको छ ।” मन्त्रालयको हालसम्मको समष्टिगत प्रगति १७ दशमलव १० प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी