२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्सवमा साढे तीन करोडको कारोवार

२०७६, ४ बैशाख बुधबार ०४:०६

वैशाख ४, दमौली (रासस) | शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा भएको एघारौँ खैरेनीटार महोत्सव साढे तीन करोडको कारोवार गर्दै मङ्गलबार समापन भएको छ ।

चैतेदशैँको अवसर पारेर गत चैत २२ गतेदेखि शुरु भएको महोत्सवमा रु तीन करोड ४७ लाखको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख ७९ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । ‘कृषि  तथा पर्यटन प्रवद्र्धन, कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने उद्देश्यसहित बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो ।

महोत्सवबाट हुने मुनाफाबाट सामाजिक विकास कोष निर्माण गरी उक्त कोषको रकम समाजसेवामा खर्च गरिने बजार एकाइका सभापति पूर्णबहादुर कायस्थले जानकारी दिनुभयो । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुतिका साथै मनोरञ्नात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । महोत्सवको अवसरमा दगाम, भुजिकोट, सिद्धगुफ, धन्दुर गुफा, तीनखोले, भुलभुले, ढोरबाराही मन्दिरको दर्शन अवलोकन तथा पदयात्रा गराइएको थियो ।

तनहुँका स्थानीय तहको बेरुजु १५ करोड

तनहुँका स्थानीय तहमा गत आर्थिक वर्ष २०७४/७५ मा रु १५ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनअनुसार जिल्लाका १० स्थानीय तहमा रु १५ करोड अनुशासनविपरीत खर्च भएको उल्लेख गरिएको हो ।

लेखापरीक्षणका लागि जिल्लामा दुई टोली खटिएको थियो । महालेखा परीक्षकको कार्यालयका निर्देशकद्वय रमेशप्रसाद न्यौपाने र श्रीराम तिमिल्सिनाको नेतृत्वमा जिल्लाका सरकारी कार्यालयका लेखापरीक्षण गरिएको थियो । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा देशभरका स्थानीय तहको आम्दानी, खर्च, लेखापरीक्षण र बेरुजु रकमको विवरण उल्लेख छ । अन्य विषयगत कार्यालयको विवरण भने प्रतिवेदनमा उल्लेख छैन । जिल्लाका १० स्थानीय तहहरुको रु आठ अर्ब ५२ करोड ९२ लाख ४२ हजारको लेखापरीक्षण भएको थियो ।

रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमणभत्ताको नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धाविना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी प्रतिवेदनमा औँल्याइएको छ । 

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आँबुखैरेनी गाउँपालिकाको देखिएको छ । आँबुखैरेनीमा रु ४५ करोड ४८ लाख ५० हजारको लेखापरीक्षण गर्दा रु पाँच करोड ७ लाख ७४ हजार बेरुजु देखिएको छ । त्यस्तै व्यास नगरपालिकाको रु दुई अर्ब नौ करोड ६६ लाख ९९ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड २७ लाख १२ हजार बेरुजु देखिएको छ । भानु नगरपालिकाको रु एक अर्ब १८ करोड ४९ लाख ८३ हजारको लेखापरीक्षण गर्दा रु ८० लाख ८७ हजार बेरुजु देखिएको छ भने शुक्लागण्डकी नगरपालिकाको रु एक अर्ब १७ करोड ६८ लाख ९८ हजारको लेखापरीक्षण गर्दा रु ८२ लाख २५ हजार बेरुजु देखिएको छ ।

त्यस्तै भिमाद नगरपालिकाको रु ७७ करोड ५८ लाख ६९ हजारको लेखापरीक्षण गर्दा रु पाँच लाख तीन हजार, ऋषिङ गाउँपालिकाको रु ७१ करोड ७४ लाख एक हजारको लेखापरीक्षण गर्दा रु एक करोड १५ लाख ५६ हजार, घिरिङ गाउँपालिकाको रु ५४ करोड १४ लाख ९६ हजारको लेखापरीक्षण गर्दा रु नौ लाख एक हजार, म्याग्दे गाउँपालिकाको रु ५४ करोड ८८ लाख ३० हजारको लेखापरीक्षण गर्दा रु ३१ लाख छ हजार र बन्दीपुर गाउँपालिकाको रु ४९ करोड २९ लाख ७७ हजारको लेखापरीक्षण गर्दा रु तीन करोड ८२ लाख ६६ हजार बेरुजु देखिएको छ ।

प्रतिवेदनअनुसार देवघाट गाउँपालिकाको भने बेरुजु देखिएको छैन । देवघाट गाउँपालिकाको रु ५३ करोड ८८ लाख ४० हजारको लेखापरीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा