२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न

२०७६, १२ बैशाख बिहीबार ०८:०४

दीपक श्रेष्ठ । वैशाख १२, गोरखा  (रासस) । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ । 

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा  लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिनुभयो ।

भूकम्पपछि निजी आवास निर्माणका लागि गोरखामा कूल ७१ हजार पाँच जना लाभग्राहीको सूचीमा परेका थिए । एकाइका प्रमुख आचार्यका अनुसार जिल्लाका ११ वटा स्थानीय तहमध्ये पुनःनिर्माणमा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलीकोट गाउँपालिका सबैभन्दा अघि रहेको छ । “अहिलेसम्मको अवस्था हेर्दा बारपाक  सुलीकोट गाउँपालिकामा कूल लाभग्राहीको सूचीमा रहेकामध्ये ८५ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएको छ, उहाँले भन्नुभयो, “त्यो जिल्लाका अन्य गाउँपालिकाको तुलनामा सबैभन्दा बढी हो ।”

बारपाक सुलीकोट गाउँपालिकामा सात हजार २०० लाभग्राहीको सूचीमा परेकामा छ हजार १५० को घर निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै लाभग्राहीमा परेकामध्ये १८० को नाम प्रवलीकरणको सूचीमा परेको थियो । जसमध्ये ३६  लाभग्राहीले मात्र घर प्रवलीकरणको काम सम्पन्न गरेका छन् । प्रवलीकरणको सूचीमा परेका लाभग्राहीले पूर्ण क्षतिमा पर्नुपर्ने भन्दै गुनासो दर्ता गरेका प्रवलीकरणमा परेकाको घर पुनःनिर्माण छिटो हुन नसकेको प्रमुख आचार्यको भनाइ छ । 

गोरखाका स्थानीय तहमध्ये निजी आवास पुनःनिर्माणमा गण्डकी गाउँपालिका सबैभन्दा पछाडि रहेको छ । गण्डकी गाउँपालिकामा अहिलेसम्म लाभग्राहीको सूचीमा परेकामध्ये ५२ दशमलव ५५ प्रतिशतमात्र पुनःनिर्माण सम्पन्न भएको प्रमुख आचार्यले जानकारी दिनुभयो । “गण्डकी गाउँपालिकामा कूल पाँच हजार ६१९ जना लाभग्राही सूचीमा परेको थियो । तीमध्ये दुई हजार ९५३ निजी आवास मात्र पुनःनिर्माण सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “लाभग्राहीको सूचीमा परेकामध्ये पनि गण्डकी गाउँपालिकामा ४१३ को नाम प्रवलीकरणको सूचीमा रहेका छन् ।”

गोरखा जिल्लामा बारपाक सुलीकोट गाउँपालिकापछि अजिरकोट गाउँपालिका पुनःनिर्माणमा दोस्रो स्थानमा रहेको छ । अजिरकोटमा हालसम्म ८१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । “कूल चार हजार १२६ लाभग्राहीको सूची परेको अजिरकोट गाउँपालिकामा तीन हजार ३७५ ले घर निर्माण सम्पन्न गरिसकेका छन्”, प्रमुख आचार्यले भन्नुभयो, “अजिरकोटमा लाभग्राहीको सूचीमा परेकामध्ये तीन हजार ९७ ले पहिलो किस्ता र तीन हजार ८०२ ले दोस्रो किस्ताको रकम लिइसकेको छ ।”

प्रमुख आचार्यका अनुसार निजी आवास पुनःनिर्माणमा जिल्लामा आरुघाट गाउँपालिका तेस्रो स्थानमा रहेको छ । आरुघाट गाउँपालिकमा अहिलेसम्ममा कूल छ हजार ९२४ लाभग्राहीको सूचीमा परेकामध्ये पाँच हजार २७५ अर्थात् ७६ दशमलव १८ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् । यता जिल्लाको भीमसेन थापा गाउँपालिकामा भने ७३ प्रतिशत निजी आवास निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो । “भीमसेन थापा गाउँपालिकामा छ हजार ६६७ लाभग्राहीमध्ये चार हजार ९९२ को घर निर्माण भइसकेको छ”, उहाँले भन्नुभयो ।

यस्तै जिल्लाको गोरखा नगरपालिकामा ७२ दशमलव ४० निजी आवास निर्माणको काम सकिएको छ । गोरखा नगरपालिकामा लाभग्राहीको सूचीमा परेका नौ हजार ५५ मध्ये सात हजार ३५७ घर निर्माण भइसकेको हो । सिराचोक गाउँपालिकामा भने अहिलेम्म ६१ दशमलव ६८ प्रतिशत घर निर्माण भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । “छ हजार ८३३ लाभग्राहीमा परेकोमा चार हजार ६७७ घर निर्माण भइसकेको छ”, उहाँले भन्नुभयो, “यहाँ प्रवलीकरणमा परेका ९१३ ले पूर्ण लाभग्राहीका लागि गुनासो दर्ता गराएकाले कमी हुन आएको हो ।”

गोरखामा सिरानचोक गाउँपालिकालाई पुनःनिर्माणमा धार्चे गाउँपालिकाले पछ्याइरहेको छ । कूल चार हजार १६९ लाभग्राही रहेको धार्चेमा ६७ प्रतिशतअर्थात् दुई हजार ७९९ ले घर बनाइसकेका छन् । त्यस्तै निजी आवास पुनःनिर्माणमा जिल्लामा आठौँ स्थानमा रहेको शहीद लखन गाउँपालिकामा ६४ दशमलव ८६ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको एकाइ प्रमुख आचार्यले जानकारी दिनुभयो । शहीद लखन गाउँपालिकामा सात हजार ६५ लाभग्राहीमध्ये चार हजार ५८३ ले घर बनाइसकेका हुन् । 

 जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिकाभित्रसमेत ६३ प्रतिशत निजी आवास पुनःनिर्माण भइसकेको छ । सडक सञ्जालको राम्रो पहुँच नपुगेको चुमनुव्री गाउँपालिकामा रहेका दुई हजार २७५ लाभग्राहीमध्ये एक हजार ४४९ ले घर निर्माण गरिसकेका हुन् । गोरखा जिल्लामा रहेका दुई मात्र नगरपालिकामध्ये पालुङटार नगरपालिका पनि पुनःनिर्माणमा सन्तोषजनक प्रगति हासिल गर्न सकेको छैन । अहिलेसम्म पालुङटार नगरपालिकामा  ५५ दशमलव ७२ प्रतिशत मात्र घर निर्माण भएको आचार्यले जानकारी दिनुभयो । 

हालसम्म जिल्लाभर पहिलो किस्ताको रकम बुझ्ने लाभग्राहीको सङ्ख्या ६४ हजार ७०३, दोस्रो किस्ता अनुदान रकम बुझ्नेको सङ्ख्या ५७ हजार ९०८ रहेको एकाइले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ