२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सबै स्थानीय तहमा कालोपत्रे सडक

२०७६, २० बैशाख शुक्रबार १७:२९

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । 

आगामी आर्थिक वर्षभित्र हुम्ला र डोल्पा जिल्ला सदरमुकामसम्म सडक पुर्याई ७७ जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने लक्ष्यसमेत निर्धारण गरिएको छ । 

त्यस्तै सरकारले रेल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । निर्माणाधीन अवस्थामा रहेका रेलमार्गलाई तीव्र गतिमा अगाडि बढाउने र निर्माण शुरु हुने तयारीमा रहेका योजनालाई सम्पन्न गर्ने योजनाका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ । 

सरकारले केरुङ–काठमाडौँ र काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणलाई प्राथमकितामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गर्नुभएको छिमेकी मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा समेत रेलमार्ग निर्माणको विषयले प्रमुख प्राथमिकता पाएको छ । 

एक क्षेत्र एक मार्ग परियोजनामा समेत केरुङ–काठमाडौँ रेलमार्ग समावेश भएको छ । प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा रहेको छ । 

राष्ट्रपति भण्डारीले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा काठमाडौँलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने योजना समावेश गरिएको छ । त्यसमा वीरगञ्ज–काठमाडौँ र रसुवागढी–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी दुई वर्षभित्र निर्माण कार्य शुरु गरिने विषय समावेश छ । 

यस्तै जयनगर–बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्म आगामी आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालन गर्ने विषय समावेश छ । बिजलपुरा–बर्दिवास खण्डको रेलमार्ग निर्माण कार्य सम्पन्न गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ । 

नेपाली झण्डासहितको पानीजहाज 

सरकारले आफ्नै राष्ट्रिय झण्डासहितको पानीजहाज समुद्रमा सञ्चालन गर्ने नीति अगाडि सारेको छ । नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने अवस्थामा पुगेको उल्लेख गर्दै नीति तथा कार्यक्रममा पानीजहाज कार्यालय स्थापना भई पानीजहाज सञ्चालनका लागि आवश्यक नीतिगत, कानूनी र अन्य पूर्वाधार तयारी भइसकेको समावेश गरिएको छ । जलमार्ग र समुद्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालनमा ल्याउने विषयलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा