२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत् नियमित नहुँदा उपभोक्ता मर्कामा

२०७६, २१ बैशाख शनिबार १६:४८

जनक श्रेष्ठ | वैशाख २१, लमजुङ (रासस) | जलविद्युत आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा दैनिक विद्युत् नियमित नहुँदा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा दर्जनौं जलविद्युत् आयोजना निमार्णाधीन र आधा दर्जन जलविद्युत् आयोजनाले बिजुली उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिसके पनि दैनिक २५ देखि ३० पटक बत्ती आउने जाने गर्दा कामकाज प्रभावित भएकाले उपभोक्ता मर्कामा परेका हुन् । 

जिल्लामा बिजुलीको विद्युत्भार कटौती भएको पनि होइन तर पटक/पटक बिजुली आउनेजाने समस्याले जिल्लावासीलाई मात्र होइन् छिमेकी तनहुँ जिल्लाका साविक तीनवटा गाविस रुपाकोट, चोक चिसापानी र पूर्काेटका वासिन्दालाई समेत समस्या हुँदैआएको छ । नेपाल विद्युत् प्राविधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी २९ हजार ८०० वटा घरधुरीका नागरिकलाई विद्युत् सेवा दिँदै आएको छ । 

तनहुँको ती साविक गाविसमा मात्रै करीब दुई हजार ६०० घरधुरीमा बिजुली वितरण गर्दै आएको सो वितरक संस्थाका प्रशारण शाखा प्रमुख मदराज देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा प्रत्येक महीना १२ लाखदेखि १३ लाख युनिट विद्युत्  खपत हुँदै आएको छ । 

यतिका विद्युत् सेवाग्राहीलाई पर्याप्त भए पनि भौगोलिक संरचना र प्राविधिक कारणले नियमित रुपमा बिजुली उपभोक्ताले बाल्न नपाएको संस्थाका प्रशारण शाखा प्रमुख देवकोटाले बताउनुभयो ।

सो संस्थासँग स्थानीयवासीले बिजुलीको समस्या भयो भन्दै वर्षौ वर्षदेखि गुनासो गर्दै आएका छन् । तर पनि लमजुङ विद्युत् उपभोक्ता संस्थाले समस्याको हल गर्न नसक्दा स्थानीय तथा सेवाग्राही समस्या झेल्न बाध्य भइरहेका छन् । 

विद्युत्को आउने जाने गर्नाले यहाँ सञ्चालित चारवटा रेडियो, दैनिक प्रकाशित हुने दुईवटा पत्रिकालगायत सञ्चारकर्मीलाई समेत दैनिक काम काजको लागि समस्यापर्ने गरेको नेपाल पत्रकार महासङ्घ लमजुङ जिल्ला शाखाका अध्यक्ष आश गुरुङले बताउनुभयो । 

विद्युत्को समस्याको समाधान गर्नका लागि पटक/पटक सो संस्थालाई विद्युत् वाणिज्य सङ्घ बेँसीशहर इकाइ, बेँसीशहरमा रहेका विभिन्न क्लबले संयुक्त रुपमा ज्ञापनपत्र बुझाइ आग्रह गर्दै आए तापनि समस्या जस्ताको त्यस्तै रहेको उदोग वाणिज्य सङ्घ बेसीशहरका सचिव विपीन श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बत्ती आउने जाने गर्नाले बिजुलीबाट हुने काम सहजरुपमा गर्न नपाउँदा सर्वसाधारण, कार्यालयका कर्मचारी, कार्यालयका सेवाग्राही, व्यवसायी मर्कामा परेका छन् । बत्ती जाने र आउने बेला हाइ– भोल्टेज आउने गर्दा सेवाग्राहीको उपकरणमा समेत क्षति हुने गरेको छ ।” अन्नपूर्ण चलचित्र हल सञ्चालक तथा लमजुङ उद्योग वाणिज्य सङ्घका सहसचिव प्रदीप बस्नेत भन्नुहुन्छ, “बत्ती आउने जाने गर्नाले इलोक्टोनिक पसल, फिल्म हल, व्यवसायीलगायत सबै नागरिकलाई समस्या हुने गरेका छन् । बरु सो संस्थाले लोडसेडिङको कार्यतालिका तोकेर बिजुलीको दिगो विकास गरी समस्याको समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।” 

विसं २०५३ मा लमजुङ विद्युत् उपभोक्ता संस्था स्थापना भई विसं २०५४ बाट विद्युत् सेवा दिँदै आएको छ । तनहुँ जिल्लाको दमौली, डुम्रे हुँदै लमजुङमा बिजुली ल्याइएकाले बिजुली आउने जाने समस्या बढी हुने गरेको सो संस्थाले जनाएको छ । जिल्लामा ल्याउने बिजुलीको दूरी टाढा भएकाले दमौली, डुम्रेमा बिजुली बिग्रिदा समेत बिजुली जाने गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको सो संस्थाका अध्यक्ष श्रीकान्त पौडेलले बताउनुभयो । 

दमौलीबाट ल्याउँदा टाढा पर्ने भएकाले समस्या भएको र दूरी छोटो भएमा बिजुली आउने जाने समस्या हटेर जाने उहाँको भनाइ छ । त्यस्तै फिल्डर, ११ केभी प्रशारण लाइनमा समस्या भएको र कमजोर संरचना भएकाले हावाहुरी चल्दा रुख ढलेर प्रशारण लाइनको तारमा पर्दा विभिन्न समस्या हुने गरेकाले बिजुली आउने जाने समस्यामा सेवाग्राही परेको उहाँको तर्क छ । 

मध्यमस्र्याङ्दी जलविद्युत्को विद्युत् प्रशारण लाइन सिउँडीबारमा जोडिएको छ । सो केन्द्रसम्म लाइन वितरण गर्न सकिएमा बिजुली आउने जाने समस्या नहुने उहाँले दाबी गर्नुभयो । 

उपभोक्ता भने सो संस्थाले वितरण प्रणालीमा केही सुधार गरे जसो गरे पनि छिटो समस्याको समाधान गर्नुपर्ने बताउँदै आएका छन् । हिउँदको समयमा दैनिक २५/३० पटक बत्ती जाने आउने गरे पनि वर्षायाम लागेपछि झन् समस्या हुने गरेको उपभोक्ताको गुनासो छ ।

लमजुङमा ७० मेगावाट क्षमताको मध्यामस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ‘ए’, आठ दशमलव ८ मेगावाटको रुदी ‘ए’ पाँच मेगावाटको सिउरी, चार दशमलव ४ मेगावाटको राधी खोला, चार मेगावाटको खुदी जलविद्युत् आयोजनाले निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । 

आधादर्जन भन्दा बढी जलविद्युत्को आयोजना निमार्णधीन अवस्थामा रहेका छन् । जिल्लाका केही गाउँपालिकामा अझै केन्द्रीय प्रशारण लाइन पुग्न नसक्दा स्थानीयवासी अन्धकारमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन