2026-09-01 03:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

वैशाख २१, चितवन (रासस) | विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् । 

सडक विभागका उपआयोजना निर्देशक इन्जिनीयर सुरेश पौडेलका अनुसार नक्साङ्कनका समयमा पाँच ठाउँमा भूमिगत मार्ग राख्ने व्यवस्था गरिएको भए पनि पछि अध्ययन गरेर मात्र ठाउँ र सङ्ख्या यकिन गर्ने गरी काम भइरहेको छ । सडकका वन क्षेत्रमा क्यामेरा ट्यापिङमार्फत अध्ययन भइरहेकाले तीन महीनाभित्रमा ठाउँ र सङ्ख्या यकीन हुने उहाँले बताउनुभयो । 

जनावरअनुसार भूमिगत मार्गको आकार पनि अध्ययनपछि तय गरिँदैछ । हालै मात्र पौडेलसहित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाललगायतको टोली भूमिगत मार्गको अध्ययनका लागि अष्ट्रेलिया गएको थियो  । सो क्षेत्रमा थोरै जनाबर भए पनि उच्च प्राथमिकताका साथ वन्यजन्तु मार्ग बनाउने गरेको ढकालले बताउनुभयो । 

नारायणगढ–वुटबल सडक खण्डलाई दुई भागमा विभाजन गरी ठेक्का लगाइएको छ । तीन वर्ष छ महीनामा काम सम्पन्न गर्ने गरी दुबै भागको ठेक्का चाइना इस्टे«ट कन्स्ट्रक्सनले पाएको छ । करीब रु १५ अर्बमा ठेक्का दिइएको हो । दाउन्नेको पहाडमा तीन लेन र अन्य क्षेत्रमा चार लेन सडक निर्माण गरिँदैछ । मानव बस्ती भएका ठाउँमा छ/छ मिटरको सेवा मार्गसमेत बनाइँदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला