२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत् प्राधिकरण तनहुँद्वारा एक करोड २३ लाख बक्यौता असुल

२०७६, २ जेष्ठ बिहीबार ०१:१८

जेठ २, दमौली (रासस) | नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चैत मसान्तसम्म विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो ।

सात सय ५८ ग्राहकले विद्युत् बक्यौता भुक्तानी नगरेको र लाइन काटेपछि ६५६ ग्राहकले बक्यौता रकम भुक्तानी गरेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार बक्यौता बुझाउने ग्राहकको लाइन पुनः जडान गरिएको छ ।

केन्द्रले ६०औँ दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन दैनिकरूपमा काटेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई बिल रकमको दुई प्रतिशत छुट प्रदान गरिन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।

गोशलीका अनुसार मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर र ३१औँ दिनदेखि ४०औँ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्नेछ । साथै ४१औँ दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर तिर्नुपर्ने हुन्छ । विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्ने व्यवस्था रहेको गोशलीले जानकारी दिनुभयो ।

विद्युत् चुहावट गर्नेलाई कारवाही

केन्द्रले सोही अवधिमा अनधिकृतरूपमा विद्युत् चुहावट गर्ने ११७ ग्राहकलाई कारवाही गरेको छ । वितरण केन्द्रले कारवाहीबाट रु पाँच लाख ८८ हजार ८१२ असुल गरेको छ । मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्ने/बिगार्नेलाई कारवाही गरिएको केन्द्रले जनाएको छ ।

विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका, मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने, ट्रान्सफर्मर थप्ने, नयाँ लाइन विस्तार गर्ने, नाङ्गो तारलाई नयाँ कालो तारले विस्थापित गर्ने कार्य भइरहेको गोशलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षमा तीन हजार २९ बन्द/बिग्रिएका मिटर फेरिएको छ भने ७४३ ग्राहकको मिटर रिसिलिङ तथा एक हजार १०० ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ । ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा छुट भएको करीब रु ३९ लाख २० हजार ३९१ बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५९६ रकम छुट युनिट स्वीकृत भइआएको छ । स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुलीका लागि पहल भइरहेको केन्द्रले जनाएको छ ।

विद्युत चुहावट घट्यो

केन्द्रलाई चालू आर्थिक वर्षमा विद्युत् चुहावट घटाउन सफलता मिलेको छ । अघिल्लो वर्ष २०७४ साउनमा भएको २४.८८ प्रतिशत विद्युत् चुहावट २०७५ चैतमा आउँदा ४.६९ प्रतिशतमा कायम राख्न वितरण केन्द्र सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ को समग्र विद्युत् चुहावट १६.६७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म समग्र चुहावट ७.८३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ ।

गोशलीले भन्नुभयो, “विद्युत् चुहावटमा कडाइ गरिएकै कारण चुहावट घट्न सम्भव भएको हो ।” उहाँका अनुसार ठूला ग्राहकको मिटर नियमित निरीक्षण, डाटा डाउनलोड, डाटा एनलाइसिस गर्ने, बन्द मिटर फेर्ने, सामुदायिक थोक मिटरमा एचटी मिटर राखिएका कारण पनि विद्युत् चुहावट घटाउन सहज भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन